काठमाण्डाै, ३ कार्तिक । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ तथा नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ मा कलाकारहरूकाे वृहत् चासाे र संलग्नता देखिएकाे छ ।

‘आईएमई’ ले भर्खरै मात्र ‘आईएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेकाे छ । याे याेजनाअन्तर्गत ‘आईएमई’ तथा ‘आईएमई पे’ मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ र बम्परमा १ करोड रुपैयाँ प्राप्त गर्ने डबल मौका रहेको छ ।

 

स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि र अभिनेत्री दिपाश्री निरौलालाई ‘ब्रान्ड एम्बासडर’ को रूपमा परिचित गराएको ‘आईएमई’ तथा ‘आईएमई पे’ ले यस करोडपति योजनामा पनि ‘एम्बासडर’ को उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ । साथै याे योजनाको थप जानकारी हरेक दिन ‘आईएमई’ तथा ‘आईएमई पे’ को अफिसियल टिकटक लाइभमार्फत प्राप्त गर्न सकिने छ । जसमा नेपालका कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा ‘छन्दे’ भनेर चिनिने गोपाल ढकाल ‘ब्रान्ड इन्फ्लुन्सर’ को रूपमा उत्साहपूर्ण संलग्नता देख्न सकिन्छ ।

यसराज गराचले झन्डै एक दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने आठ सय वटाभन्दा बढी म्युजिक भिडिओमा पनि काम गरेका छन् । उनी विभिन्न टेलिभिजनमा कार्यक्रम प्रस्तोता पनि रहेका छन् । यस्तै साक्षी लम्सालले थुप्रै म्युजिक भिडिओमा काम गरेकी छिन् । उनी विभिन्न टेलीभिजनमा कार्यक्रम प्रस्तोता पनि रहेकी छिन् । साथै ‘ब्रान्ड मोडेल’ को रूपमा पनि उनलाई देख्न सकिन्छ ।

प्रणिमा दाहालले पनि थुप्रै म्युजिक भिडिओमा काम गरेकी छिन् । साथै उनी विभिन्न टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा पनि रहेकी छिन् । उनलाई उत्कृष्ट ‘इभेन्ट म्यानेजर’ काे रूपमा पनि चिन्न सकिन्छ । यस्तै गोपाल ढकाल हास्य टेलिचलचित्रमा रूचाइएका कलाकार हुन् ।

यी सबै कलाकारहरुलाई अहिले ‘आईएमई’ तथा ‘आईएमई पे’ ले आफ्नो ‘ब्रान्ड इन्फलुन्सर’ काे रूपमा आबद्ध गराएको छ । साथै ‘आईएमई’ तथा ‘आईएमई पे’ को हरेक योजनामा ‘ब्रान्ड इन्फ्लुन्सर’ हरूकाे उत्साहपूर्ण संलग्नता तथा समर्थन पनि देख्न सकिन्छ ।

यससँगै लोकप्रिय गायक आनन्द कार्की पनि ‘आईएमई’ तथा ‘आईएमई पे’ मा जोडिएका छन् । यस्तै अभिनेत्री वर्षा राउतलाई पनि ‘आईएमई’ तथा ‘आईएमई पे’ द्वारा प्रवर्धित भिडिओमा देख्न सकिनेछ । ‘आईएमई पे’ ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजकाे एकमात्र ‘पेमेन्ट पार्टनर’ पनि रहेको छ । जसको माध्यमबाट पनि ‘आईएमई’ तथा ‘आईएमई पे’ मा कलाकारहरूको चासो बढेको छ ।

खेल तथा खेलाडीसँग पहिलेदेखि नै सहकार्य गर्दै आइरहेको र अहिले कलाकारहरूको पनि वृहत् संलग्नताले नागरिककाे विश्वासलाई अझै माथि पुर्‍याएकाे ‘आईएमई’ ले बताएकाे छ ।