काठमाडौं : सांसद निशा डांगीले सरकार र सरोकारवालाहरूसँग वृहत् रूपमा छलफल नगरी विद्यालय शिक्षा विधेयक ल्याएको बताएकी छिन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको शिक्षा विधेयमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएकी हुन्।

उनले लामो समयपछि विधेयक संसदमा पेस हुँदा शिक्षकहरूमा हौसला थपिनुपर्नेमा आक्रोस जन्माएको पनि बताइन्।

बृहत छलफल पछिमात्रै उक्त प्रस्तावित विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ। उनले भनिन,‘यो विधेयकले पैसा हुनेले निजीमा पढाऊ र पैसा नहुनेले सामुदायिक विद्यालयमै पढाउ भनेको देखिन्छ।’