मधेश मिडिया हाउसका अध्यक्ष पत्रकार श्रीवास्तवलाई मातृ शाेक
कपिलवस्तु, २४ साउन ।
नेपाल पत्रकार महासंघ केन्द्रीय मधेसी विभागका सदस्य तथा न्युज २४ का कपिलवस्तु सम्वाददाता मनोज कुमार श्रीवास्तवलाई मातृ शोक परेको छ ।मधेश मिडिया हाउसका अध्यक्ष समेत रहनुभएका श्रीवास्तवकी ममतामयी आमा करुणादेवी श्रीवास्तवको ७३ वर्षको उमेरमा गए राती असामयिक निधन भएको हो । पुर्व शिक्षक सत्रुघन प्रसाद श्रीवास्तवकी पत्नी तथा गैसस अध्यक्ष प्रवीण श्रीवास्तव की आमा करुणादेवी श्रीवास्तवकाे आफ्नै निवास तौलिहवामा मृत्यु भएको परिवारस्राेतले जनाएको छ । करुणदेवीको निधनले नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा स्तब्ध भएको विज्ञप्ति जारी गरेकाे छ । शाखाले एक शोक विज्ञ्यप्ती जारी गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै भावपूर्ण समवेदना प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























