मालपोत कार्यालय चन्द्रौटामा बिचौलियाको बिगबिगीबारे रास्वपाको ध्यानाकर्षण
D.K
कपिलवस्तु, शिवराज । शिवराज नगरपालिका वडा नं. ५ मा रहेको मालपोत कार्यालय चन्द्रौटामा बिचौलियाको बिगबिगी, ढिलासुस्ती र सेवामा अनियमितता बढेको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन्। उनीहरूका अनुसार छिटोछरितो सेवा पाउन कठिन भइरहेको छ भने विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति बढ्दै गएको छ।

यस विषयमा हिजो “कपुरी अनलाइन डट कम” ले समेत समाचार प्रसारण गरेको थियो। त्यसपछि पनि अवस्था सुधार नभएको भन्दै स्थानीयले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी शिवराज नगर समितिले पनि उक्त कार्यालयमा देखिएको बेथिति बिचौलियामार्फत हुने भ्रष्टाचार र सेवामा ढिलासुस्तीप्रति ध्यानाकर्षण गराएको छ। समितिले सरकारी कार्यालयको मुख्य दायित्व नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा उपलब्ध गराउनु भएको उल्लेख गर्दै सुशासन कायम गर्न आवश्यक कदम चाल्न आग्रह गरेको छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले बिचौलियाको प्रभाव नियन्त्रण गरी सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन तथा नागरिकप्रति जिम्मेवार र जवाफदेही बन्न सम्बन्धित कार्यालयसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























