निर्वाचनमा असहयोग गरेको ठहर : चिन्ता बहादुर परियारमाथि कम्युनिष्ट पार्टीको कडा कारबाही
कपिलवस्तु — आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबीच नेपाली कम्युनिष्ट पार्टीले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कपिलवस्तुका दुई जनालाई पार्टीबाट निष्काशन गरेको जनाएको छ।

पार्टीको लुम्बिनी प्रदेश कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने, चुनावी कार्यक्रमलाई प्रभावित पार्ने तथा पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै चिन्ता बहादुर परियार र सकिना मुसलमान (रबिना) लाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको हो।
पार्टीले निर्वाचनजस्तो संवेदनशील समयमा अनुशासनहीन गतिविधि अस्वीकार्य हुने स्पष्ट पार्दै आगामी दिनमा यस्ता कार्य गर्नेहरूमाथि थप कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भई अभियानमा जुट्न कार्यकर्ता तथा समर्थकहरूलाई निर्देशनसमेत दिएको छ।
उक्त निर्णय नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश कार्यालयका तर्फबाट चक्रपाणी खनाल (बलदेव) ले सार्वजनिक गरेका हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























