कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बिरेन्द्र कुमार कनौडिया नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. ३ बाट टिकट दिने एमालेको आश्वासनपछि उहाँले पार्टी परिवर्तन गर्नुभएको स्रोतले जनाएको छ।

Oplus_131072

कांग्रेसबाट प्रतिनिधि सभाका लागि नाम सिफारिस भइसकेका कनौडिया पार्टीको विशेष महाधिवेशनको समयमा कित्ता परिवर्तन गर्दै शेरबहादुर देउवा समूहमा खुलेका थिए। तर पछि गगन थापा समूहलाई निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता दिएसँगै आगामी निर्वाचनमा टिकट नपाउने सम्भावना बढेको भन्दै उहाँले एमाले रोजेको बताइएको छ।

कनौडियाको एमाले प्रवेशलाई कपिलवस्तु क्षेत्र नं. ३ को राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तनका रूपमा विश्लेषण गरिएको छ। यस घटनाले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।