कपिलवस्तु, भदौ १६ – नेपाली कांग्रेसका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले लुम्बिनी प्रदेश समितिद्वारा नेता विक्रम सिंह थापामाथि गरिएको कारबाहीको कडा विरोध गरेका छन्।

शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापालाई पदमुक्त गर्ने निर्णयलाई “निन्दनीय” भनेका छन्। उनले भनेका छन्, “लुम्बिनी प्रदेश समितिद्वारा नेपाली कांग्रेसका नेता विक्रम सिंह थापा माथिको कारबाही निन्दनीय छ म यस निर्णयको घोर भत्र्सना गर्दछु।

शाहले पार्टीभित्र यस्ता एकतर्फी निर्णयहरूले संगठन कमजोर हुने चेतावनीसमेत दिएका छन्। विक्रम सिंह थापालाई हालै लुम्बिनी प्रदेश कार्यसमिति सदस्य पदबाट मुक्त गरिएको थियो। जसप्रति विभिन्न स्तरबाट असन्तुष्टि व्यक्त भइरहेको छ।