श्रावण महिनाको पूर्णिमाको बिहान थियो। गाउँको वायुमण्डल सुगन्धित थियो। कारण – आज जनैपूर्णिमा र रक्षाबन्धन दुवै पर्व एकै साथ परेको थियो।

आकाशको सफा निलो रंगमुनि कबि भन्ने केटाले आफ्नो बाबासँग नदीतिर जाने तयारी गरिरहेको थियो। उसको काँधमा सानो झोला थियो । जसमा साबुन, नयाँ जनै र पूजा सामग्री थिए। बाबा किन हामी आज नदीमा स्नान गर्न जान्छौं? कबिले जिज्ञासापूर्वक सोध्यो।
बाबाले मुस्कुराउँदै भने आजको दिनलाई पवित्र मानिन्छ।
स्नान गरेर पुरानो जनै फेरेर नयाँ जनै लगाउँदा शरीर र मन दुवै शुद्ध हुन्छन्। यसलाई आत्मशुद्धिको प्रतीक मानिन्छ।

नदीमा स्नानपछि पूजारीले मन्त्र पढ्दै कबिको काँधमा नयाँ जनै लगाइदिए। पूजारीले रक्षा सूत्र पनि बाँधिदिए र भने यो डोराले तिमीलाई अशुभ शक्तिबाट जोगाउनेछ।
घर फर्किँदा कबिको दिदी सुनिता आफ्नो हातमा रङ्गीन राखी लिएर ऊतिर दौडिँदै आयी।
दाजु, यो राखी म तिमीलाई बाँध्छु ताकि तिमी सधैं सुरक्षित रहो राधाले प्रेमपूर्वक भनिन्।
कबिले हाँस्दै भने र म तिमीलाई सधैं जोगाउने वाचा गर्छु।

त्यो दिन गाउँभरका दाजुभाइ र दिदीबहिनीहरू हाँसो मिठाई र शुभकामनामा रमाएका थिए। सबैको मनमा एउटै कुरा थियो – जनैपूर्णिमा आत्मशुद्धिको दिन हो । रक्षाबन्धन आपसी प्रेम र सुरक्षाको प्रतीक हो।