तीन दिवसीय योग शिविर र ट्रेकसुट वितरण कार्यक्रम
कृष्णनगर नगरपालिका वडा नं २ को सहयोग तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभाहलमा तीन दिवसीय योग शिविर तथा सहभागी लाई ट्रेकसुट वितरण कार्यक्रम सम्पन्न भएको छ।
वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता र अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्री, पूर्व शिक्षक चन्द्रभान पाण्डेय लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
जन प्रतिनिधि, नागरिक अभियंता,तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियंत्रणका लगी जीवन शैली प्ररिवर्तन लगायतका विषयमा प्रशिक्षण कपिलवस्तु आयुर्वेदका डा. आशिष चौधरीले प्रशिक्षण दिएका थिए ।
बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केंद्रका कबीराज डा.नागेश्वर मिश्र लगायतले योग, ध्यान, प्रणायाम लगायतको अभ्यास गराउदै मनोरोग लगायत दीर्घ कालीन र नसर्ने रोगको अवस्था नियंत्रणको उपाय स्वास्थ्य जीवन शैली दिनचर्या तथा योग ध्यान सत्कर्म संतोष,सत्वृतिको पालनमा जोड़ दिनुपर्ने सहभागी माझ जानकारी गराएका थिए ।
सम्पन्न कार्यक्रममा बोल्दै देवकोटाले आफ्नो जीवन उत्पन्न दीर्घ कालीन रोग नियंत्रणमा योग तथा आयुर्वेदले खेलेको भूमिकाको अनुभव तथा योग ध्यान आपरिहार्यता बारे प्रष्ट परेका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक सुरज खत्रीले योगले व्यक्तिको शारीरिक र मांसिक अवस्थालाई स्वास्थ्य बनाउने बताए।
वडा अध्यक्ष कृष्ण कुमार गुप्ताले कर्यक्रम सम्पन्नको
अवसरमा बोल्दै योग र आयुर्वेद हाम्रो जीवन सुखमय बनाउने बताउदै अगामी दिनमा समेत वडाबाट कार्यक्रम संचालन गरिने बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























