शिवराज नगरपालिकाले आफनो वार्षिक कार्यक्रम अन्तर्गत विधागत रुपमा उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरेको छ । नगरपालिकाले कोभिड १९ को महामारीको समयमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरे वापत स्वास्थ्य कर्मी अन्नत आचार्यलाई एक कार्यक्रम बिच सम्मान गरिएको प्रशासन शाखा प्रमुख डिल्लीराज भट्टराईले बताए ।सम्मानित हुनेहरुमा उत्कृष्ट कर्मचारी,करदाता,नमुना योजना कला संस्कृति र जेष्ठ नागरिकलाई समेत नगद १० हजार सहित सम्मानित गरिएको भट्टराईले बताए ।
नगरपालिका मेयर नेत्रराज अधिकारीले सम्मान सहित पुरस्कार प्रदान गरेका हुन् । अधिकारीले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नै यो पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताए । शिवराज नगरपालिकाको बजेट,२०७७-७८ को बजेट, नीति तथा कार्यक्रम मिति २०७८ साल असार ३ गते सार्वजनिक गरेको थियो ।