जनकपुरधाम, भदौ ५
धनुषाको सवैला नगरपालिकाका मृगौला विरामी प्रमोद कुमार महतोको मृत्यु भइसकेको छ । जनकपुरधाममा डायलाशिस तथा औषधी उपचार नपाएर उनको मृत्यु भएको भन्दै चौतर्फी आलोचना भइरहँदा प्रादेशिक अस्पताल जनकपुरधामले समेत आफनो स्पष्टीकरण सहितको विज्ञप्ती जारी गरिसकेको छ ।
एता यसै विषयमा आफनो समेत नाम जोडेको भन्दै पुर्व मन्त्री तथा धनुषा क्षेत्र नं. १ वाट प्रतिनिधिसभा सांसद मातृका प्रसाद यादवले दुःख व्यतm गरेको छ । उनले व्यक्तिगत आफनो कुनै औपचारिक धारणा वाहिर नल्याए पनि उनका सुपुत्र रवि किरण यादवले मृतक महतोको उपचारमा पुर्वमन्त्री यादव र आफु स्वयमले गरेको प्रयास र पहल सहितको विवरण उल्लेख गरेका छन् ।
यस्तो छ पुर्वमन्त्री यादवको सुुपुत्र रविले फेसबुकमा खेलेको फेरिहस्त
मृगौला विरामी प्रमोद कुमार महतोको विषयमा केही सत्य तथ्य राख्न चाहान्छु । काठमाण्डौं उपचरार्थ आएका बेला उनको उपचारमा सहयोग गर्ने म आफैं पनि भएकोले केही तथ्यहरू राख्न चाहें ।
साउन १८ गते आइतबारका दिन उनी त्री.वि शिक्षण अस्पतालमा “क्रिटिकल” अवस्थामा भर्ना हुन्छन् । मलाईं घरबाट मेरी आमाले फÞोन गरेर भन्नुभयो “गाउँबाट एकजना विरामी काठमाण्डौं पुगेका छन् एकचोटी खबर बुझेर जे सक्छस् सबै गर् “ । उनले फोन गरेको केही बेर मै माननीय मातृक प्रसाद यादवको पनि फोन आयो र वहाँले पनि विरामीलाई तुरन्त भेट्न जाउ भने ।
त्यसपछि मैले विरामीको कुरुवालाई फोन गरे । विरामीसंगै उनकी आमा , विरामीका काकाको छोरा अनि गाउँकै शुभचिन्तक काठमाण्डौं आएका थिए । मैले विरामीको अवस्था बुझ्दा उनीहरूले आत्तिएर जवाफ दीएका थिए । “क्रेटानिन १३.४ रहेको तर विरामीको डायलेसिस भाको छैन “ । डायलेसिस किन नगरेको भन्दा घरी कोरोनाको डर भएर डिस्चार्ज गरेको घरी कोरोनाको रिपोर्ट नआइ अस्पतालले डायलेसिस नगर्न खोजेको भन्ने जस्तो कुरा विरामीका कुरुवाले मलाई सुनाए । म तिनको कुरा सुनेर अलमलमा परें । “कोरोना रिपोर्ट नआई डायलेसीस गर्न नमानेको हुनसक्छ “ भनि मैले एमर्जेन्सी डायलेसिसका निम्ति वैकल्पिक अस्पतालमाहरूमा फोन गरें । निदान अस्पतालले एमर्जेन्सी डायलेसिस हुन्छ भने पश्चात् मैले विरामीका कूरुवालाई निदान अस्पताल ल्याउने व्यवस्था गर्दैछु भनें । त्यही दौरान शिक्षण अस्पतालमा विरामी (प्रमोद कु महतो ) रहेको वार्डका डाक्टरसंग फोनमा वार्तालाप भयो । उनले भनिन् “हामी डायलेसिस गर्न तयार थियौं तर विरामीकै आफÞन्तहरू कोरोनाबाट आत्तिएर विरामीलाई डिस्चार्ज गराए । हामिले कोरोनाको रिपोर्ट नआउन्जेल उनलाई आइसोलेसन वार्डमा राख्ने हो तर नियमित उपचार तथा डायलेसिस रोक्ने भनेका छैनौं । आइसोलेसन वार्डमा सुरक्षाका उपयुक्त व्यवस्था छ यहाँ राख्दैमा कोरोना सर्दैन । “
त्यसपश्चात् विरामीका तर्फबाट मैले माफÞी माँगे अनी शिक्षण अस्पताललाई पुनः भर्ना लिएर तरुन्त डायलेसिस थाल्न आग्रह गरें । अस्पतालले पुनः भर्ना लिएर उनको डायलेसिस थाल्यो । एकपछि अर्को डायलेसिस गर्दै गर्दा विरामीको अवस्थामा केही सुधार आउन थाल्यो ।क्रेटानिनको स्तर ८.९ सम्म झरेको थियो । हामी आशावादी थियौं विरामीबारे । भर्ना भएकै भोली पल्ट माननीय मातृक प्रसाद यादव ज्यू स्वयम् शिक्षण अस्पताल गएर विरामीकी आमालाई भेट्नु भयो र त्यहाँका प्रमुख चिकित्सक डा. दिव्या सिंहलाई विरामीको उपचारमा कुनै कसर नछोड्न भनि आग्रह गर्नुभयो । उपचारकै दौरान इ ंखभ रगतको अभाव हुँदा म आफै रगत जुटाउन लागि परेको थिएँ । त्यस्को प्रमाण मेरो फÞेसबुकको वालमा प्रस्ट छ ।
डाक्टरले नियमित डायलेसिस गर्नुपर्ने र फिस्टूला लगाउनुको विकल्प नरहेको बताएका थीए । त्यसपश्चात् विरामी स्वयम् ले फिस्टूला लगाउन अस्वीकार गरे । विरामीकी आमाले पनि फिस्टूलाको गाम्भीर्यतालाई बुझ्नु भएन । उनले अब छोरो बोल्न थाल्यो, म घरमै लगेर खुवाँछु घरमै लगेर राख्छु भनि जिद्दी कस्न थाल्नु भयो । यो कुरा मैले मा. मातृक प्रसाद यादवलाई जानकारी गराएँ । उनले विरामीकी आमालाई पटक पटक शिक्षण अस्पतालमै बसेर उपचार गराउन आग्रह गर्नुभयो । जनकपुरमा उपचार हुननसकेकोले काठमाण्डौं आएको अनि फेरी भईरहेको उपचार छोडेर घर गयो भने अवस्था भयावह हुन्छ त्यसैले काठमाण्डौंमै बसेर उपचारलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपालमा मिर्गौला रोगका निम्ति सबैभन्दा राम्रो उपचार हुने हस्पिटल शिक्षण अस्पताल नै हो त्यसैले यहीं उपचार गराउनु पर्यो र नआत्तिकन बस्नुहोला, यहाँ जे जे गर्नु पर्छ त्यो सबै गर्छौं भनेर भन्नुभयो । माननीयले विरामीका पितालाई पनि फोन गरि विरामी नफÞर्काउन आग्रह गरे । उनले विरामीको पितालाई काठमाण्डौं आउन आग्रह गर्दै उनलाई आउने व्यवस्था समेत गर्छु भन्नु भयो । त्यती भनेपश्चात् पनि राजी नहुने देखेपछि मा. मातृक प्रसाद यादव स्वयम् विरामीका आमालाई सम्झाउन फेरिपनी शिक्षण अस्पताल पुगेका थिए । उनी अस्पताल पुगुंजेल विरामीकी आमाले विरामीलाई अस्पतालबाट डिस्चार्ज गराई घर हिडी सकेकी थिईन् ।
फकिय पश्चात् हप्ता दिनसम्म विरामीको परिवारले विरामीलाई घरमै राखे । विरामीको अवस्था पुनः नाजÞुक भए पश्चात् जनकपुर प्रादेशिक अस्पताल लैजाँदा विभिन्न कारणले त्यहाँ तत्काल भर्ना लिएन । यो कुरा विरामीको परिवारले मा. मातृक प्रसाद यादवलाई जानकारी गराएका थिएनन् । मा. मातृक प्रसाद यादव आफÞ्नो क्षेत्रमै हुँदा विरामीका परिवारले उनलाई पुनः भेटेका थिए । भेटको क्रममा माननीयले धुलिखेल अस्पतालका उपकुलपतिलाई विरामीको अवस्थाबारे जानकारी गराए । त्यसपश्चात् धुलिखेल अस्पतालका डाक्टर श्री सूजनले विरामीका परिवारसंग वार्तालाप गरेका थिए । उनले विरामीको अवस्था बुझ्दा धुलिखेल आउँदा ढीला हुनसक्ने भएकोले तत्काल धरान लगि उपचार गराउन सूझाए । विरामी प्रमोद महतोलाई एम्बुलेन्समा धरान लैजाँदै गर्दा बाटोमै उनले दम तोड़े । प्रमोद कुमार महतो १ वर्षदेखी मृगौलाका विरामी थिए । उनले डायलेसिस नगराइ आयुर्वेदिक औषधि सेवन थालेका थिए । फलस्वरूप उनको मृगौला झन् विग्रीदै गयो । उनको शरीर सुन्निन थलेको करिब २(३ महीना पछि मात्र उनी शिक्षण अस्पतालमा भर्ना भएका थिए । मृतक प्रमोद कुमार महतो प्रति हार्दिक श्रद्धांजली तथा उनको परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्न चाहान्छु ।
संचार कर्मी संग कुराकानी गर्दै रविले जे कुरामा पनि एकजना मन्त्री, सांसदको नाम मुछेर राजनिति गर्ने संस्कारले तपाई हाम्रो समाजनै विक्षिप्त हुने संघारमा पुग्छ । त्यसैले त्यसो नगरौं । उनले भने, ‘मृतकको परिवारजनसंग सोध्नोस हामीले कति सहयोग ग¥यौ सवै थाहा हुन्छ ।’