शिवराज नगरपालिका वडा न २ मा करेन्ट लागेर एक महिलाको मृत्यु
कपिलवस्तु । कपिलवसतुको शिवराज नगरपालिका वडा न. २ हल्ला नगरमा करेन्ट लागेर शुक्रवार दिउसो एक महिलाको मृत्यु भएको छ । हल्लानगर स्थित २ नम्बर टोल बस्ने ३३ वर्षीया लालमती पुनको करेन्ट लागेरे मृत्यु भएको हो । धोएको कपडा घरको आँगनमा रहेको फलामको तारमा सुकाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नाउब उपरिक्षक मीन बहादुर घलले बताए । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























