चेम्बर अफ कमर्स कपिलवस्तुद्वारा शुभकामना आदान प्रदान

केशव बेल्वासे।चेम्बर अफ कमर्स कपिलवस्तुद्वारा बडा दशै दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । हरेक बषर््ा जस्तै आज आफ्नै शभाहलमा आउदै गरेका नेपालिहरुका महान पर्वको अवशर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनि प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले बडा दशैले सबैमा जोश जाँगरका सथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनि शुभकामना दिनुभएको थियो । व्यवसायिक हकहीतका साथै सामाजिक क्षेत्रमा संघले गरेको कार्यको स्रहाना गदै प्रदेश सभा सदस्य केसिले पर्व मनाउदा सभ्य रुपमा र भड्किलो नर्गन पनि आग्रह गर्नुभयो ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले वडा दशैले सबैमा भाईचाराको विकाशबाट समाजमा हुने विकृति विसंगतिको विरुद्धमा लाग्ने शक्ति दुर्गा देविले प्रदान गरुन भन्ने कमना गर्नुभयो ।शिवराज नगरवासि एवम स्वादेश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपालिहरुमा सुख, शान्ति र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ । कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य तथा कपिलवस्तु अध्यक्ष महादेब पोख्रेलले वडा दशैले सबैमा नयाँ जोस र उम्गँका साथै विकासका काममा अग्रसर हुन पेरण प्रदान गरोस भन्ने कामना व्यक्त गर्नुभयो । कार्यक्रममा शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा, अकोराब लुम्बिनि प्रदेश अध्यक्ष राजु खराल, नेपाल प्रत्रकार महासघं लुम्बिनि प्रदेश सदस्य चिन्ता परीयार, अकोराब लुम्बिनि प्रदेश सदस्य तथा रेडियो भ्वाइसका अध्यक्ष सरद अधिकारी लगायतले विकासका काममा र सामज सुधारमा जनप्रतिनिधिको ध्यान र नगरलाई समृद्ध बनाउनमा सफलताको सुभकामनाका साथै भव्य र सभ्य रुपमा पर्व मनाउन आग्रह पनि गर्नु भयो । विभिन्न सघं सस्थाका प्रमुख तथा प्रतिनिथि, उद्यमी व्यवसायीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।