नेपाली कांग्रेश शिवराज नगर समितीको पहिलो बैठक सम्पन्न

नवराज पौडेल कपिलवस्तु । नेपाली कांग्रेश शिवराज नगर समितीको पहिलो बैठक सम्पन्न भएको छ ।कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको पार्टी कार्यालयमा बैठक सम्पन्न भएको हो ।

नगर सभापती मधुसुदन पोख्रेलको सभापितत्वमा सम्पन्न बैठकले चौधौं महाधिवेशन सफलपार्न सहयोग गर्ने सम्पुर्ण नेता तथा कार्यकर्ता हरुलाई धन्यबाद ज्ञापन गर्ने ,नेपालीहरुको महानचाड बडा दशैं शुभदिपावली छठपर्व महोम्मद डे एवंम लोसार पर्व को सम्पुर्णमा अवसरमा शुभकामना आदान प्रदान गर्ने,हरेक महिनाको अन्तिम शनिबार नियमित बैठक बस्ने नगरलाई आर्थिक रुपमा चुस्त दुरुस्त बनाउनका लागी,लेटर प्याड,सहयोग रसिद भर्पाई लगाएत छपाई सामागी्र छाप्र्ने लगाएत निर्णय गरिएको सचिव विस्नु पोख्रेलले बताउनु भएको छ ।बैठकमा ११ वटै वडाका वडा सभापति र नगरका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

बैठकलाई सम्वोधन गर्दै सभापती पोख्रेलले शिवराजमा नेपाली कांग्रेस एक ढिक्का भई अव आउने चुनावमा नेपाली कांग्रेसलाई १ नम्वर पार्टी बनाउन आजै बाट लाग्न सबै सदस्यहरुलाई आग्रह गर्नु भयो । हालै सम्पन्न चुनावमा भएको सहभागिताले समेत पार्टीले जनताको मन जित्ने सकिने खालको सन्देश प्रवाह भएको नगर उपसभापती जन्जित पुरुषले विश्वास व्याक्त गर्नुभयो ।

चन्द्रौटामा नगर भित्रका १०२ गरीब तथा अनाथ बालबालिकाको नि:शुल्क स्वास्थ्य चेकजाँच

कमल बिष्ट / शिवराज नगरपालिका ५, चन्द्रौटामा नगर भित्रका करीब १०२ जना गरीब तथा अनाथ बालबालिका र तिनका महिला परिवार सदस्यको स्वास्थ्य परीक्षण, उपचार साथै औषधि वितरण गरिएको छ ।
हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको कार्यक्रम लाई ह्युमन रिलिफ अर्गनाइजेसन तौलिहवाको समन्वय र चन्द्रौटा हस्पिटल प्रा. लि. को प्राविधिक सहयोगमा स्वास्थ्य चेकजाच, उपचार र औषधि बितरणका साथै विद्यार्थी बालबालिका लाई शिक्षण समाग्रीहरु र स्वास्थ्य समाग्री समेत वितरण गरिएको थियो ।

गरीबी र अभिभावक बिहिनताले बालबालिकाको स्वास्थ्य परीक्षण र उपचारको सुबिधा लिन बाट बन्चित हुने र तिनका महिला परिवार लाई स्वास्थ्य उपचारमा ध्यान नदिदा समान्य रोग समेत बल्झिदै गएर अन्त्यमा भयावह रुप न आओस भनी ति वर्ग लक्षित गरेर स्वास्थ्य चेकजाच र उपचारको कार्यक्रम आयोजना गरिएको साथै नियमित स्वास्थ्य चेकजाच गर्नुपर्छ भन्ने चेतनाको बिकास गर्ने लक्ष्य रहेको ह्युमन रिलिफ अर्गनाइजेसनका कन्ट्री प्रोग्राम म्यानेजर जीव पोख्रेलले बराउनुभयो ।

महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाच फिजिशियन डाक्टर रेजाले गर्नुभएको थियो भने चेकजाचका क्रममा केहीमा फङ्गल इन्फेक्सन, पेट दुख्ने , शरीरमा आवश्यक भिटामिनको कमी, पिसाबमा समस्या लगायत कतिपयमा आखा चिलाउने र रातो हुने आखा सम्बन्धि समस्या समेत देखिएको चन्द्रौटा हस्पिटलका ब्यवस्थापक पदम सुनारले बताउनुभयो ।

बालबालिका र तिनका सदस्यहरुको चेकजाँच, उपचार, शैक्षिक समाग्री र स्वास्थ्य समाग्री बितरणमा संस्थाले करीब ५ देखि ७ लाख लगानी गर्ने ह्युमन रिलिफ अर्गनाइजेसन तौलिहवाका उपाध्यक्ष शाहिर महम्मदले जानकारी दिनुभयो ।

कार्यक्रम समन्वयका लागि चन्द्रौटा हस्पिटल प्रा.लि. ले हस्पिटल भित्र ब्यवस्थापन र स्वस्थ्य प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको थियो ।

दशैंमा कृष्णनगरले मुर्ति स्थापना नगर्ने , प्रशासन विरुद्ध शान्तिपुर्ण प्रदर्शन

दशैंमा कृष्णनगरले मुर्ति स्थापना नगर्ने , प्रशासन विरुद्ध शान्तिपुर्ण प्रदर्शन गर्ने निर्णय
कृष्णनगर , असाेज २३ । कृष्णनगरका हिन्दुधर्मावलम्बीले प्रहरीले हस्तक्षेप गर्याे भन्दै दशैंमा बर्षाैंदेखि स्थापना गर्दै आएकाे मुर्ति यसबर्ष नगर्ने निर्णय गरेका छन ।

बर्षाैदेखि दशैंमा दश दिनसम्म हिन्दुधर्मावालम्बीहरु दुर्गा पुजन र मुर्ति स्थापना गरि साउन्डबाजाका साथ हर्षाेउल्लास गरि मनाउदै आएकाे चांड यसबर्ष प्रशासनद्वारा लगाइएकाे नागरिकता ,ओैला छाप जस्ताे कागजी अवराेधले मुर्ति नै स्थापना नगर्ने निर्णय गरेका छन ।
विगतबर्षमा कृष्णनगरमा भएका घटनालाई अधार बनाई प्रशासनले दुर्गा पुजनका लागि बनाइएका समिति पदाधिकारीहरुकाे नागरिकता , ओैला छाप बांसकाे कागजमा लेखाइ सही छाप गराइ गर्न भनेपछि विवाद भएर यस बर्ष मुर्ति नै स्थापना नगर्ने सबैसमितिवाला ले सामुहिक निर्णय गरेका छन ।
प्रशासनले एकतर्फी निर्णय गरि हाम्राे धर्मलाई लक्षित कागजी प्रक्रिया गर्दा धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्ताक्षेप गरेकाे भन्दै शान्तिपूर्ण प्रदर्शन समेत गर्ने निर्णय भएकाे समितिका पदाधिकारीहरुले जनाएका छन । हाम्राे धर्मकाे संरक्षणमा अहिलेसम्म कुनै जनप्रतिनिधि , मानवअधिकार संघसंस्था अगाडि नआएकाले हामी शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेकाे समितिले जनाएकाे छ।
अघिल्लो बर्ष कुनै प्रकारकाे अप्रिय घटना नभएकाेले यसबर्षपनि शान्तिपूर्ण हुने दशैंमा प्रहरी प्रशासनकाे स्व:इच्छाचारी निर्णयले समाजमा झन द्वेष बढ्ने देखिन्छ जसले नगरपालिकामात्र नभई सम्पूर्ण हिन्दुधर्मावलम्बीमा प्रहरीप्रतिकाे विस्वास घटने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताउनुभयाे । पछिल्ला घटनालाई नै आधार मान्नुभन्दा कृष्णनगरलाई बदनाम गराउने तत्वहरुलाई पहिचान गरि शान्ति सुरक्षामा खटि समाजिक सुधार गर्ने याेजना ल्यांउदा बेस हुने नगरप्रमुख शाहकाे बुझाइ छ ।
साे सम्बन्धमा प्रहरी निरिक्षक सुकदेव पाैडेलले जिल्ला सुरक्षा समितिकाे निर्णय बामाेजिम हामी अगाडि बढ्ने र शान्ति सुरक्षाका निम्ति कागजी प्रक्रिया अगाडि बढाए कै कुरा स्विकार गर्नुभएकाे छ। । कृष्णनगर बजारमा भएका पुर्व घटना कै कारण समितिहरुसंग साे व्याेहाेरा माग गरिएकाे निरिक्षक पाैडेलले बताए ।

विष्टले अनाथलयका बालबालिका संग मनाए जन्मदिन

रौतहट । चन्द्रपुर ४ का महारत्न विष्टले जन्मदिनको अवसरमा गरुडामा रहेको अनाथलयका बालबालिका लाई स्टेशनरी सामाग्री सहयोग गरेका छन ।

जन्मदिन को शुभ उपलक्ष्यमा श्री बंशीराम जायसवाल अनाथालय गरुडा -४ का अनाथालयका बालबालिकाहरुलाइ कपी कलम ,पेंसिल, मिठाई लगाएतका सामग्री सहयोग भएको अनाथलका व्यवस्थापक हृदयलाल कुश्वाहले जनाएका छन ।

अनाथालय परिवार ले सहयोगी बिष्ट को प्रगतीको कामना गर्दै सवैले यसैगरी विशेष अवसर मा सहयोग गरे अनाथ वालवालिकाले सहजरुपमा पढ्न पाउने बताएका छन ।