शिवराज सहकारीको छैँठाैँ साधारणसभा सम्पन्न

राम अवतार चाैधरी । कपिलवस्तुको शिवराज-३, अवस्थित शिवराज कृषि सहकारी संस्थाको छैँठाैँ साधारणसभा सम्पन्न भएकाे छ । उक्त सहकारीको साधारणसभा खरेन्द्रपुर स्थित स्वर्गद्वारी आश्रममा शुक्रबार सम्पन्न भएकाे हाे ।

शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले साधारणसभा कार्यक्रमलाई सम्बाेधन गर्दै वडालाई कृषिमा अब्बल बनाउन आफू लागि परेको बताए । वडाका कृषकहरूलाई आत्मनिर्भर बनाउन व्यावसायिक रूपमा कृषि पेशालाई अगाडि बढाउनुपर्ने उनले बताए । अध्यक्ष सापकोटाले सहकारीले कृषि क्षेत्र धेरै काम गरेकोले अब किसानले उत्पादन गरेका बस्तुलाई सहकारीले खरिद गर्नुपर्ने बताए ।

नगरले तरकारी संकलनको लागि सहकारीलाई जिम्मा दिने तयारी गरेकोले शिवराज सहकारी त्यसको लागि तयार हुनुपर्ने बताए । वडाले प्रत्येक वर्ष कृषि क्षेत्रमा विभिन्न कार्यक्रम राखेकोले आगामी दिनमा समेत निरन्तर गरिरहने जानकारी दिए । कतिपयले अनुदानको लागि मात्र कृषि पेसा गर्ने गरेकोले त्यो अब सम्भव नरहेको सापकाेटाले जिकिर गरे ।

शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले उत्पादनको आधारमा स्थानीय तहले अनुदान दिने बताए । यस वर्ष शाखाले शाखाले विभिन्न कृषक सहकारीहरू सँग समन्वयन गरी अनुदान प्रदान गर्ने प्रमुख चाैधरीले जनाए ।

शिवराज नगरपालिका ३ स्वर्गद्वारी मन्दिर परिसरमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष केरसिंह अदैले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको २०७७-७८ मा ७१ लाख ५१ हजार ९९४ बराबरको काराेबारकाे प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले आइएमी सञ्चालन गर्नुको साथै किसानहरूको लागि मल बिक्री वितरण लगायतका कामले कृषकहरूलाई सहज भएको उल्लेख गरे । अध्यक्ष अदैले सहकारीले चालु आवमा कृषकहरूलाई तालिम प्रदान गर्ने, तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्ने, मल बिउ खरिद गर्ने, सामूहिक खेतीको लागि पहल गर्ने लगायतका योजना अघि सारेकाे उनले बताए ।

शान्ति,सदभावका लागि ई.प्र.का. कृष्णनगर द्वारा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालयको कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि रजत प्रताप शाहले राम्रो हाम्रो नगरपालिका बनाउन सबैको महत्त्वपूर्ण भुमिका आवश्यक रहेकोे बताउनु भएको छ । कानुनका कुराहरु हाम्रो व्यवहारमा लाने हो भने शान्ति पनि हुन्छ संगै विकास हुनुको साथै सामाजिक सद्भाव कायम हुन्छ शाहले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै समग्र कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा कार्यमा सधैं प्रहरी तैनाथ रहेकोेले जनता संग सहकार्य गरि आगाडि बढ्ने बताउनु भएको छ ।

 

जिल्ला प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुन्छ भनी बताउनु भएको छ । राम्रो काम गर्नको लागि तिता मिठा जस्तो किसिमको प्रश्नले हाम्रो लागि काम गर्न स्वागतयोग्य रहेकोेले बताउदै सार्वजनिक सुनवाइमा उठेका सवाल, गुनासोलाई प्रष्ट पार्नु भएको थियो ।

शस्त्र जिल्ला प्रहरी उपरीक्षक धुर्ब बहादुर कार्कीले ईलाका प्रहरी कार्यालय कृष्णनगरले गरेको सार्वजनिक सुनवाइ कार्यक्रम मुख्य उदेश्य नागरिकहरु बाट अहिलेसम्म प्रहरीले गरेको कामकाजको पृष्ठपोषण लिने शान्ति सुरक्षा अमनचयन गर्न भन्दै जन गुनासो तथा जिज्ञासा लाई प्रष्ट गर्दै अगामि दिनमा आएका सुझाव लाई छलफल गरि अगाडि बढने बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख सुकदेव पौडेल ले कार्यक्रमलाई स्वागत गर्दै वर्ष भरि गरेको कार्य प्रगति लगाएत प्रस्तुत गर्नु भएको थियोे ।

साना उधोगिहरू संगठित हुनुपर्नेमा जोड

नेपाल घरलु तथा साना उधाेग महासंघ शिवराज नगरकाे प्रथम बैठक सम्पन्न भएकाे छ । बैठकमा बाेल्दै साना उधाेगि ब्यवसायिहरू संगठित भए मात्र राज्यले उत्पादन मुखि साना उधागीहरूलाई प्रर्बधनात्मक कार्यक्रमकाे माध्येमबाट सहयाेग पुर्याउने महासंघ जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले बताउनु भयाे ।

नगरलाई आत्मनिर्भर सबल र सक्षम बनाउन साना उत्पादन मुखि ब्यवासायहरूलाई स्थानिय सरकारले सहयाेग गर्नुपर्ने महासंघकाे जिल्ला बरिष्ट उपाध्यक्ष टाेपलाल पाेख्रेलले जाेड दिनुभयाे ।
शिवराज नगरका सम्पुर्ण साना उधाेगी तथा ब्यवासायीहरूले आफ्नाे ब्यवसाय नगरपालिकाकाे कार्यालयमा सुचिकृत अनिवार्य गर्नुपर्ने बताउदै नगर भित्र भएका साना उधाेग तथा ब्यवसायहरूकाे लगतकाे आधारमा प्रभावकारी याेजनाहरू निर्माण गर्न मद्धत पुग्ने
शिवराज नगरपालिकाकाे उधाेग तथा ब्यवसायी शाखा प्रमुख नारायण पंगेनीले बताउनु भयाे ।

बैठक नेपाल घरलु तथा साना उधाेग महासंघ शिवराज नगर समिति अध्यक्ष संजिव गहतराजकाे अध्यक्षता र काेषाध्यक्ष ऋषिकेश बि.ककाे संचालनमा सम्पन्न भएकाे थियाे ।