अभिनेता मिश्र सवारी दुर्घटनामा परि गम्भिर घाईते

कपिलवस्तु। अभिनेता तथा गायक श्याम कुमार मिश्र सवारी दुर्घटनामा परि गम्भिर घाईते भएका छन् । कृष्णनगर बाट विजयनगर भै चन्द्रौटा जाने क्रममा खडैचा भन्दा केही पहिले
आफै सवार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा अभिनेता मिश्र गम्भिर घाईते भएका हुन् ।

पारिवारिक स्रोतका अनुसार प्रहरी चौकी नजिकैको पोखरीमा लडेको अवस्था उनलाई गाउँलेहरुले निकालेर अस्पताल पुर्याएका थिए । उनलाई गाउलेहरुले भेट्दा उनी अचेत अवस्थामा रहेका थिए ।अहिले स्वास्थ्य उपचार पश्चात स्वास्थ्यमा सुधार आएको छ । उनी अहिले दोहोरो कुरा गर्न सक्ने अवस्थामा रहेको उनका परिवारले जानकारी दिएका छन ।अभिनेता मिश्रको शरिरको विभिन्न ठाउँमा गम्भिर चोट लागेको बुझिएको छ । उनले भोजपुरी र नेपाली आधा दर्जन गीत गाउनु भएको छ भने नालायक, देउता, ब्वाइफ्रेण्ड लगायत फिल्ममा अभिनय गरेका छन् भने केहि भोजपुरी गीत आफैले समेत गाएका छन् ।

शिक्षक पार्टीको निर्वाचनमा,विद्यालयको पठन-पाठन प्रभावित

चन्द्रौटा कपिलवस्तु । विद्यलयका शिक्षकहरू नेपाली काग्रेशको निर्वाचनमा पढाई ठप्प गरि सहभागी भएका छन् । लामो समय सम्म विद्यालय कोभिडको कारण बन्द रहेको र शिवराज नगरपालिकाले भौतिक दुरी कायम गरि पठन-पाठन शुरू गरे पनि अहिले विद्यालयका शिक्षकहरू नेपाली काग्रेशको वडा स्तरदेखि क्षेत्रीय स्तरमा हुनालागेको निर्वाचनमा विद्यालयका शिक्षकहरू सहभागी देखना सकिन्थियो ।

शिक्षा विकास तथा समन्वय इकाइको मिति २०७८-०६-०७ गतेको विज्ञेप्ती अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनितिक पार्टीमा सम्लग्न सक्रियरूपमा पार्टीको कार्कारी पदमा रहि काम गरेको वा राजनितिक पार्टीको अधिवेशनमा भाग लिई सक्रिय राजनितिमा सहभागी भई विद्यालयको पठन-पाठन प्रभावित भएको प्रेस विज्ञेप्ति मार्फत ध्यानकर्षण भएको जनाएको थियो । शिवराज नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले उक्त पत्रको बेवास्त गर्दे चुनाबमा सहभागीता जनाएका छन् ।

शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ (ङ) उपदफा ५ को “छ” मा उल्लेखित व्यवस्थाले शिक्षकहरू पार्टीको काममा सक्रिय हुने विषेशलाई निषेध गरेको छ ।
कुने पनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले पार्टीको स्रकिय राजनितीमा सहभागी देखियो भन्ने शिक्षा नियमावली २०५९(संशोधनसहित)को परिच्छेद २३, निषम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने व्यस्था रहेपनि शिवराज नगरपालिका अन्तर्गत रहेको नेपाल आदर्श मा.वि,सरस्वति आधारभुत विद्यालय र राष्ट्रिय मा.वि लगायतका विद्यालयमा कार्यरत शिक्षकहरूको सहभागीता रहेको थियो ।

लुम्बिनी प्रदेश सासंद तथा कपिलवस्तु क्षेत्र न ३ (क) का प्रदेश सदस्य अर्जुन कुमार के.सीले आफनो फेसबुकवालमा विद्यालयका शिक्षकहरू राजनीतिक दलको चुनाबमा यसरी खुलारूपमा विद्यालयको पठन-पाठन नै प्रभावित गरि सहभागी हुनु उदेक लाग्यो भनी लेखेका छन् ।

सिर्जनशिल किशोर किशोरी सम्बाद क्लबमा नयाँ नेतृत्व चयन

चन्द्रौटा (कपिलवस्तु) । सम्बाद केन्द्रको सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले पुनः गीता थारुलाई नै अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । जसको उपाध्यक्षमा रोशन थारु, सचिवमा सञ्जय थारु, सहसचिवमा सोनमती थारु र कोषाध्यक्षमा पवित्रा थारु सभाबाट निर्विरोध निर्वाचित भएका छन् ।

किर्डाक नेपाल स्ट्रोम फाउण्डेसनको सहयोगमा संचालित दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत गतवर्ष गठित सम्बाद क्लबले छोटो समयमै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मासिक बैठकबाट मासिक बचत, बालबगैंचा र सीएमसीसी संचालन, कोरोना कहरका बीच माक्स वितरण, साबुनपानीले हात धुने ६ तरिकाको ज्ञान, सरसफाई, बालविवाह, दाइजोप्रथा, बेचबिखन विरुद्ध जनचेतना अभियान लगायतका दर्जनौं कार्यक्रमहरु सम्पन्न गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सोनमती थारुले बताउनुभयो । आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी गाउँटोलको विकास र परिवर्तनका लागि विभिन्न योजनाहरु अघि सारेको सोनमतीले जानकारी दिनुभयो । सम्बाद क्लबले किर्डाक नेपालबाट ३५ हजार र करीब १५ हजार संकलित बचत रकमबाट उदाहरणीय कार्य गरेको छ । क्लबका कोषाध्यक्ष पवित्रा थारुले ५९ हजार ८सय ७५ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सम्बाद क्लबले गरेको कार्य प्रसंशनीय रहेको भन्दै आफ्नो गाउँटोलको विकासमा अग्रसर भई उदाहरणीय बन्न सुझाउनुभयो । साथै नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै उपमेयर थारुले समाज परिवर्तनमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । बैठक, कार्यक्रम गर्नका लागि सामुदायिक भवन नहुँदा समस्या भएको औल्याउँदै उपप्रमुख थारुले गाउँमा रहेको पुरानो कुवामाथि सामुदायिक भवन निर्माणका लागि पहल गरिन् आश्वासन समेत दिनुभयो ।

यता कार्यक्रमका विशिष्ट अतिथि चेम्बर अफ कमर्स केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोखरेलले समाजमा समस्याको रुपमा रहेको कूरीति, कुसंस्कारलाई जरैदेखि निमूल पार्न किशोर किशोरी सम्बाद क्लबका सदस्यहरु अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । यसैगरी कार्यक्रममा किर्डाक नेपालका प्रतिनिधि बिनोद केवट, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष सुनिता कुँवर लगायतले नव निर्वाचित पदाधिकारीहरुको कार्यसफलताको शुभकामना दिंदै समाज परिवर्तनमा किशोर किशोरीहरु सधैं एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सरस्वती थारुले कार्यक्रमको लक्ष्य र उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो ।

सिर्जनशिल किशोर किशोरी सम्बाद क्लबमा नयाँ नेतृत्व चयन

  • शिवपुर। सिर्जनशिल किशोर किशोरी सम्बाद क्लब शिवराज १, चैनपुर कपिलवस्तुमा नयाँ नेतृत्व सर्बसम्मत चयन भएको छ ।
    सम्बाद केन्द्रको सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले पुनः गीता थारुलाई नै अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । जसको उपाध्यक्षमा रोशन थारु, सचिवमा सञ्जय थारु, सहसचिवमा सोनमती थारु र कोषाध्यक्षमा पवित्रा थारु सभाबाट निर्विरोध निर्वाचित भएका छन् ।
    किर्डाक नेपाल स्ट्रोम फाउण्डेसनको सहयोगमा संचालित दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत गतवर्ष गठित सम्बाद क्लबले छोटो समयमै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मासिक बैठकबाट मासिक बचत, बालबगैंचा र सीएमसीसी संचालन, कोरोना कहरका बीच माक्स वितरण, साबुनपानीले हात धुने ६ तरिकाको ज्ञान, सरसफाई, बालविवाह, दाइजोप्रथा, बेचबिखन विरुद्ध जनचेतना अभियान लगायतका दर्जनौं कार्यक्रमहरु सम्पन्न गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सोनमती थारुले बताउनुभयो । आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी गाउँटोलको विकास र परिवर्तनका लागि विभिन्न योजनाहरु अघि सारेको सोनमतीले जानकारी दिनुभयो । सम्बाद क्लबले किर्डाक नेपालबाट ३५ हजार र करीब १५ हजार संकलित बचत रकमबाट उदाहरणीय कार्य गरेको छ । क्लबका कोषाध्यक्ष पवित्रा थारुले ५९ हजार ८सय ७५ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    साधारणसभालाई सम्बोधन गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सम्बाद क्लबले गरेको कार्य प्रसंशनीय रहेको भन्दै आफ्नो गाउँटोलको विकासमा अग्रसर भई उदाहरणीय बन्न सुझाउनुभयो । साथै नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै उपमेयर थारुले समाज परिवर्तनमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । बैठक, कार्यक्रम गर्नका लागि सामुदायिक भवन नहुँदा समस्या भएको औल्याउँदै उपप्रमुख थारुले गाउँमा रहेको पुरानो कुवामाथि सामुदायिक भवन निर्माणका लागि पहल गरिन् आश्वासन समेत दिनुभयो ।
    यता कार्यक्रमका विशिष्ट अतिथि चेम्बर अफ कमर्स केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष महादेव पोखरेलले समाजमा समस्याको रुपमा रहेको कूरीति, कुसंस्कारलाई जरैदेखि निमूल पार्न किशोर किशोरी सम्बाद क्लबका सदस्यहरु अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । यसैगरी कार्यक्रममा किर्डाक नेपालका प्रतिनिधि बिनोद केवट, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष सुनिता कुँवर लगायतले नव निर्वाचित पदाधिकारीहरुको कार्यसफलताको शुभकामना दिंदै समाज परिवर्तनमा किशोर किशोरीहरु सधैं एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सरस्वती थारुले कार्यक्रमको लक्ष्य र उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो ।

गोल्डेन स्टारले मनकामना एफ सीलाई शून्यका विरुद्ध १ गोलले हरायो

 शिवपुर ।  समाज रुपान्तणका लागि युवा आबज भन्ने उदेश्यका साथमा सुर्यदय सामाजिक युवा क्लव द्धारा आयोजना भएको खुल्ला नकआउट फुटवल प्रतियोगमा गोल्डेन स्टार क्लव बानिबारले शून्यका विरुद्ध १ गोल जित हात पारेको छ । गोल्डेन स्टार क्लव बानिबार र मनकामना एफ सीको फाइनल खेलमा गोल्डेन स्टार क्लव बानिबारले शून्यका विरुद्ध १ गोल जित हात पारेको हो ।

गोल्डेन स्टार क्लव बानिबारले रु३० हजार नगद पुस्कार सहित मेडल टर्फी हात पारेको छ । यस्तै दु्रतिय हुने मनकामना एफ सी ले रु १५ हजार नगद पुरस्कार सहित मेडल टर्फी हात पारेको छ । शिवराज नगरपालिका १ करहियामा सुर्यदय सामाजिक युवा क्लव द्धारा आयोजना खुल्ला नकआउट फुटवल प्रतियोगमा असोज १ गते बाट सुरु भएको खेलमा १७ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । खेलसमापन कार्यक्रममा बोल्दै मनकामना सामुदायिक उपभोक्ता समितिका अध्यक्ष राम बहादुर केसीले खेलाडिलाई सम्मान गर्दै खेल भनेको समाज रुपान्तणको लागि महत्वपुर्ण रुपमा रहने भएकाले सबैले खेललाई सम्मान गर्नु पर्न बताउनु भयो । आगमिदिनमा पनि सधै सहयोग गर्न बताउनु भयो । यस्ता खेलबाट अगाडि बढ्रदै राष्ट्रिय स्तर सम्म पुग्नै हुदा खेलाडिलाई हौसला प्रदान गर्न आबश्यक रहेको नेकपा एमालेका शिवराज १का वडा कमिटि अध्यक्ष खिम बिक्रम केसीले बताउनु भयो ।

खेलसमापन कार्यक्रममा कपिलबस्तु सुनचादिँ ब्यवसाहि संघका अध्यक्ष लाल बहादुर गहतराज,समाज सेवि जिवलाल पौडेल, लिलामनि आचार्य,युवा नेता विराट केसी, मनकामना आभारभुत बिद्यालयको प्र अ सुनिता थारु,ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोखरेल,नेकपा एकिकृत समाजवादि पाटी नगर कमिटि अध्यक्ष सरोज पौडेल,नेकपा एकिकृत समाजवादि पाटी जिल्ला अध्यक्ष हंक बहादुर हमाल लगायतको उपस्थिितिले खेलको रौनक बढाएको थियो । फुटवल खेलमा उतकृष्ट खेलाडिलाइ सम्मान गरिएको थियो । सुर्यदय सामाजिक युवा क्लवका अध्यक्ष शंकर प्रसाद थारुको अध्यक्षतामा फुटवल खेल प्रतियोगा सम्पन्न भएको थियो ।

याेगेन्द्र पुनकाे रिहाईकाे माग गर्दे पत्रकार सम्मेलन,खसी मागेर ब्यापारीलाई दुख दिएकाे प्रहरीकाे आरोप

 संजिव गहतराज  ।  शिवराज नगरपालिका वडा नं १ निवासि युवा संगठन नेपालका जिल्ला कमिटि सदस्य याेगेन्द्र पुनकाे रिहाईकाे माग गर्दै शिवराज नगरपालिका वडा न ५ मा रहेको सभाहलमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

अबैध रूपमा तस्करी गरि ल्याईएकाे बाख्रा नियन्त्रण गर्ने बिषयमा बिवाद भएपछि वडा प्रहरी कार्यलय चन्द्रौटाले  याेगेन्द्र पुनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा पत्रकार संग कुरा गर्दे युवा संगठन नेपाल कपिलवस्तु अध्यक्ष देव बहादुर के.सिले बिना कारण पुनलाई थुनामा राखेकाेेले बिना सर्त तुरून्त रिहाई गर्नुपर्ने माग गरेको छ ।

युवा संगठन नेपाल कपिलवस्तु अध्यक्ष  के.सिले पत्रकार सम्मेलन मार्फत बिना कारण राज्यसता वाट प्रटक प्रकट दुखदिने कार्य निदनिय भएको बताए ।

उता जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रबक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले व्यापारी संग खसी मागेको र भन्सार कागजात च्यातेको लिखित जाहरी आएपछि नियन्त्रणमा लिएको जानकारी लिए । युवा संगठन नेपाल नेपाल कम्न्युष्ट पार्टी नेत्र बिक्रम चन्द (बिप्लप) माओवादि निकट युवा संगठन हाे ।

अराजकलाई कारबाहीको माग गर्दै निजामती कर्मचारी संगठनद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

 

बसन्त श्रेष्ठ। नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संगठनको केन्द्रीय कार्यालय भएको अपाराधिक कार्यको कार्यको बिरोधमा संगठनले ज्ञापन पत्र बुझाएको हो ।

बिभिन्न कुण्ठा र जालझेडमा व्यस्त गिरोहले गत असोज ४ गते संगठनको केन्द्रीय कार्यालयमा नाराबाजी गर्दै संगठनको व्यानर, झण्डा च्यात्ने, तोडफोड गर्ने जस्त अमानीय गतिबिधी भएको भन्दै संगठनले प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । संगठनका जिल्ला अध्यक्ष शिला पोख्रेलले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सरकारले अपराधिक कार्यगर्ने व्यक्तीहरुलाई तत्काल पक्राउ गर्नुको साटो प्रहरी प्रशासनले कृत्तिम बहाना बनाएर निजामती कर्मचारी संगठनका पदाधीकारीहरुलाई पक्राउ गरेको भन्दै घोर आपत्ती जनाएको हो ।

अपराधीक कार्य गर्ने व्यत्तिलाई हालसम्म प्रकाउ गरि कार्वाही नगर्नुले पनि अन्य षड्यन्त्रका गन्ध आएका छन्, ज्ञापन पत्रमा भनिएको छ । ज्ञापन पत्रमा संगठनको कार्यालयमा लागेको ताला खोली अपराधीलाई कार्वाही गर्न सरकारलाई माग गर्दै दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधीकारीलाई निर्बिवाद काम गर्ने वातावरण मिलाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

 

महाराजगन्जको कांग्रेश नगर सभापतिमा राम अचल चौधरीको दावी

त्यसको लागि क्षेत्रका अग्रज नेताहरु संग राय सुझाव र परामर्श गर्दै आवश्यक तयारी गरिरहेको पनि उनले जानकारी दिए।उहाँले भन्नु भयो बर्तमान कार्यसमितिले गरेको कार्य उल्लेख्निय रहेकोले पुन त्यही समितिलाई निरन्तरता दिनुपर्ने मेरो माग रहेको छ तर सहमती नभएमा आफुले उम्मेदवारी दिने प्रतिक्रिया दिनु भयो ।
हाल नेपाली काँग्रेस कपिलवस्तु जिल्लाको महाराजगंज नगर समितिको सभापतिमा सक्रिय सहभागिताका साथ सक्रिय सहभागिता निर्वाह गर्दै आउनु भएको उहां अब हुने अधिवेशनमा समेत नगर सभापतिमा आउनेगरी तयारी गरिरहेको बताए ।
विगत २ दसक देखी पार्टीमा सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएको उहाँ एक कुशल ईमन्दार सामाजिक अभियन्ताका रूपमा सक्रिय रहनु भएका चौधरी एक कर्मठ, जुझारू, इमान्दार, संघर्ष शील,बिकास प्रेमी युवा नेता को रूपमा परिचत रहनु भएका पार्टी को हकहितमा समेत सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् ।उहाँले नेपाली कांग्रेशमा रहि जनताको सेवा गर्दै आएका छन ।
सबैको व्यक्तित्व विकासका पार्टी सङ्गठनलाई बलियो बनाई , मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडावर्ग को हकहितमा काम गरि नगरमा काँग्रेसको बलियो उपस्थिति स्थापित गर्न आफूले फेरी सभापतिमा उमेदवारी दिन लागेको बताए । साथै उहां ले क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन् । उहाँ सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि भएपछि र उहाँ एक बिकास प्रेमी र सरल स्वाभावको नेता भएकोले फेरीनगर सभापति बन्ने सम्भावना बलियो बनेको छ

अखिल महिला संघको कृष्णानगरमा नगरकमिटि गठन

कृष्णनगर। नेकपा एमालेकाे शुभेच्छुक संस्था अखिल नेपाल महिला संघको प्रथम भेलाले कृष्णनगर नगरसमिति चयन गरेकाे छ ।
अखिल नेपाल महिला संघकी केन्द्रीय महिला सदस्य शान्ति देवि हरिजन को प्रमुख अतिथ्यता र जिल्ला अध्यक्ष सारदा शर्माकाे विशिष्ट अतिथ्यतामा नगर अध्यक्ष संदीप माैर्यकाे संयाेकत्वमा अखिल नेपाल महिला संघ कृष्णनगर समिति सर्वसम्मतले गठन गरिएकाे छ ।
कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य एवं शिवराज नगरपालिकाकी उपप्रमख शिव कुमारी थारु, जिल्ला सदस्य शिव प्रसाद जयसवाल, सुशील श्रीवास्तव र जिल्ला कार्यसमिति सदस्य महादेव पोखरेल लगाएत नगर समितिका पदाधिकारीहरुकाे उपस्थिति रहेको  थियाे ।

शिवराज ११ मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कपिलवस्तु । शिवराज नगरपालिका वडा न ११ मा हाजरी जवाब प्रतियोगिता सम्पन्न भएको छ ।शन्देश किशोर,कोशोरी संदाव क्लबको अध्यक्ष रूपाली वर्माको अध्यक्षतामा संचालन गरिएको प्रतियोगितामा शिवराज नगरपालिका वडा न ११ का वडा सदस्य प्रभु दयाल कुर्मीको विशिष्ट आतिथित्यतामा वाल विवाह तथा दाईजो प्रथाको सवालमा हाजरी जवाब प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामाय उत्सव किशोर,किशोरी संवाद क्लब प्रथम उन्नती किशोर,किशोरी संवाद क्लब दृितिय शन्देश  किशोर,किशोरी संवाद क्लब तृतिय र मनकामना  किशोर किशोरी संवाद क्लब चौथो स्थान हातपार्ना  सफल भएको किडार्क नेपालकी सामुदायिक सहजकर्ता शुसिला रायमाझीले बताइन् ।  हाजरी जवाब प्रतियोगितामा शिवराज नगरपालिका वडा न ११ वटा ६ वटा संवाद क्लबले सहभागिता जनाएको रायमाझीले बताइन् ।