गृहपृष्ठ समाचार ३ सय ५० मेट्रीक टन भण्डारण क्षमताको कोल्ड स्टोर सन्चालनमा, साम्सद केसी द्वारा समुद्घाटन ।

३ सय ५० मेट्रीक टन भण्डारण क्षमताको कोल्ड स्टोर सन्चालनमा, साम्सद केसी द्वारा समुद्घाटन ।

प्रकाशित मिति:

कमल बिष्ट , कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ६ गडगडवामा कोल्ड स्टोर सन्चालनमा आएको छ, लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयको ५० प्रतिशत अनुदानमा कुल २ करोड ६० लाख लागतको गुमानसिङ्ग कोल्ड स्टिरेज प्रालिको आज लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले समुद्घाटन गर्नुभएको हो ।

यस क्षेत्रमा कोल्ड स्टोरको आभावमा कृषकले धेरै नोक्सानी बेहोर्नुपर्ने समस्या लाई ध्यान दिदै २ वर्ष अघि नै प्रदेश सरकारले गुमानसिङ कोल्ड स्टोरेज प्रालि लाई अनुदान सुनिश्चित गरेको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो ।
कोल्ड स्टोर सन्चालनमा आए सङ्गै यस क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी फलफुल उत्पादन गरेर आफुलाइ अनुकुल समयमा बिक्री बितरण गर्न सक्ने छन भने उत्पादन समयमै बिक्री नभएर कुहिदा ब्यहोनुपर्ने आर्थिक नोक्सानी बाट पनि उत्पादक कृषकले राहत पाउने उहाले बताउनुभयो ।

कुल ३ सय ५० मेट्रीक टन भण्डारण क्षमता भएको कोल्ड स्टोरमा यस क्षेत्रका कृषकले सर्वसुलभ शुल्कमा आफ्ना उत्पादन चिस्यानका लागि भण्डारण गर्न सक्ने गुमानसिङ कोल्ड स्टोरेज प्रालिका सन्चालक अच्युत टण्डनले बताउनुभयो ।