गृहपृष्ठ राजनिति चाडवाडको पुर्व शन्ध्यामा एमाले वडा कमिटी द्वारा शुभकामना आदान प्रदान

चाडवाडको पुर्व शन्ध्यामा एमाले वडा कमिटी द्वारा शुभकामना आदान प्रदान

प्रकाशित मिति:

केशव बेल्वासे, कपिलवस्तु । नेपाल कम्युनिस्ट पाटी नेकपा एमाले शिवराज ५ नम्बर वडा कमिटी द्वारा चाडवाडको पुर्व शन्ध्याम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । आउदै गरेका नेपालीहरुका महान चाड बडा दशै दिपावली तथा छठ पर्वको पुर्व शन्ध्यामा चेम्वर अफ कमर्श कपिलवस्तुको हलमा वडा कमिटिले शुधकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । नेकपा एमाले शिवराज ५ नम्बर वडा कमिटी अध्यक्ष सरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख खतिथि नेकपा एमाले कपिलवस्तु जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर गहताजले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना दिदै सबै अब एकजुट भएर एमालेलाई देशमै शर्व श्रेष्ठ पाटि बनाउन लाग्न पनि आग्रह गर्नुभयो । अब लगत्तै एमालेको महाधिबेशन हुन गईरहेको हुदा सक्षम र सबल नेतृत्व प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले शिवराज ५ नम्बर वडा कमिटी अध्यक्ष सरद अधिकारीले यस्तो खालको कार्यक्रमको आयोजनाले सबैमा एकता र मेलमिलापको वातावरण सिर्जना हुने बताउनुभयो । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटि सदस्य तथा लुम्विनी प्रदेश सांसद अर्जुन कुमार के सी ले यस्ता पर्वले सबैमा भाइचार र सदभावको विकास होस भन्ने कामना व्यक्त गर्नुभयो । चाडवाड मनाउदा पुरानो संस्कृतिलाइ बचाउँदै धेरुे तडक भडक नर्गन पनि उहाले आग्रह गर्नुभयो । त्यस्तै नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारुले शिवराज नगरमा धेरै विकाशका कामहरु भएको बताउर्दै नगरको विकाशमा आफु खटिएइको पनि बताउनु भयो । साथै चाड पर्वले जातिय वर्गिय र सामुदायिक एकता कायम गरोस भनि शुभकामना राख्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेताहरु र नेकपा माववदि शिवराज वडा नं ५ कमिटि अध्यक्ष शिशिर पोख्रेल लगायतले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।