गृहपृष्ठ समाचार चन्द्रौटामा नगर भित्रका १०२ गरीब तथा अनाथ बालबालिकाको नि:शुल्क स्वास्थ्य चेकजाँच

चन्द्रौटामा नगर भित्रका १०२ गरीब तथा अनाथ बालबालिकाको नि:शुल्क स्वास्थ्य चेकजाँच

प्रकाशित मिति:

कमल बिष्ट / शिवराज नगरपालिका ५, चन्द्रौटामा नगर भित्रका करीब १०२ जना गरीब तथा अनाथ बालबालिका र तिनका महिला परिवार सदस्यको स्वास्थ्य परीक्षण, उपचार साथै औषधि वितरण गरिएको छ ।
हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको कार्यक्रम लाई ह्युमन रिलिफ अर्गनाइजेसन तौलिहवाको समन्वय र चन्द्रौटा हस्पिटल प्रा. लि. को प्राविधिक सहयोगमा स्वास्थ्य चेकजाच, उपचार र औषधि बितरणका साथै विद्यार्थी बालबालिका लाई शिक्षण समाग्रीहरु र स्वास्थ्य समाग्री समेत वितरण गरिएको थियो ।

गरीबी र अभिभावक बिहिनताले बालबालिकाको स्वास्थ्य परीक्षण र उपचारको सुबिधा लिन बाट बन्चित हुने र तिनका महिला परिवार लाई स्वास्थ्य उपचारमा ध्यान नदिदा समान्य रोग समेत बल्झिदै गएर अन्त्यमा भयावह रुप न आओस भनी ति वर्ग लक्षित गरेर स्वास्थ्य चेकजाच र उपचारको कार्यक्रम आयोजना गरिएको साथै नियमित स्वास्थ्य चेकजाच गर्नुपर्छ भन्ने चेतनाको बिकास गर्ने लक्ष्य रहेको ह्युमन रिलिफ अर्गनाइजेसनका कन्ट्री प्रोग्राम म्यानेजर जीव पोख्रेलले बराउनुभयो ।

महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाच फिजिशियन डाक्टर रेजाले गर्नुभएको थियो भने चेकजाचका क्रममा केहीमा फङ्गल इन्फेक्सन, पेट दुख्ने , शरीरमा आवश्यक भिटामिनको कमी, पिसाबमा समस्या लगायत कतिपयमा आखा चिलाउने र रातो हुने आखा सम्बन्धि समस्या समेत देखिएको चन्द्रौटा हस्पिटलका ब्यवस्थापक पदम सुनारले बताउनुभयो ।

बालबालिका र तिनका सदस्यहरुको चेकजाँच, उपचार, शैक्षिक समाग्री र स्वास्थ्य समाग्री बितरणमा संस्थाले करीब ५ देखि ७ लाख लगानी गर्ने ह्युमन रिलिफ अर्गनाइजेसन तौलिहवाका उपाध्यक्ष शाहिर महम्मदले जानकारी दिनुभयो ।

कार्यक्रम समन्वयका लागि चन्द्रौटा हस्पिटल प्रा.लि. ले हस्पिटल भित्र ब्यवस्थापन र स्वस्थ्य प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको थियो ।