गृहपृष्ठ कपुरी विशेष लायन्स क्लब आफ कृष्णनगर द्वारा शैक्षिक सामग्री वितरण

लायन्स क्लब आफ कृष्णनगर द्वारा शैक्षिक सामग्री वितरण

प्रकाशित मिति:

कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउपालिका वडा
नं ७ मा रहेको श्री लौटनराम द्रौपदी देवी माध्यमिक विद्यालयका ५६ जना विद्यार्थी लाई शैक्षिक सामाग्री लायन्स कल्ब आफ कृष्णनगर डि. ३२५ बी २ नेपाल ले वितरण गरेको छ ।

उक्त शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरी
, लायन्स कल्ब का पदाधिकारी हरू मार्फत वितरण गरिएको जानकारी प्रमुख अतिथि को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता ले बताए । लायन्स कल्ब आफ कृष्णनगर अध्यक्ष
श्याम कुमार मिश्र, लायन असलम खान, लायन अनिल कुमार, विजय वनिया, लायन देवराज भारती लगाएतको वितरण कार्यमा सहभागिता रहेको थियो ।