गृहपृष्ठ राजनिति याेगेन्द्र पुनकाे रिहाईकाे माग गर्दे पत्रकार सम्मेलन,खसी मागेर ब्यापारीलाई दुख दिएकाे प्रहरीकाे आरोप

याेगेन्द्र पुनकाे रिहाईकाे माग गर्दे पत्रकार सम्मेलन,खसी मागेर ब्यापारीलाई दुख दिएकाे प्रहरीकाे आरोप

प्रकाशित मिति:

 संजिव गहतराज  ।  शिवराज नगरपालिका वडा नं १ निवासि युवा संगठन नेपालका जिल्ला कमिटि सदस्य याेगेन्द्र पुनकाे रिहाईकाे माग गर्दै शिवराज नगरपालिका वडा न ५ मा रहेको सभाहलमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

अबैध रूपमा तस्करी गरि ल्याईएकाे बाख्रा नियन्त्रण गर्ने बिषयमा बिवाद भएपछि वडा प्रहरी कार्यलय चन्द्रौटाले  याेगेन्द्र पुनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा पत्रकार संग कुरा गर्दे युवा संगठन नेपाल कपिलवस्तु अध्यक्ष देव बहादुर के.सिले बिना कारण पुनलाई थुनामा राखेकाेेले बिना सर्त तुरून्त रिहाई गर्नुपर्ने माग गरेको छ ।

युवा संगठन नेपाल कपिलवस्तु अध्यक्ष  के.सिले पत्रकार सम्मेलन मार्फत बिना कारण राज्यसता वाट प्रटक प्रकट दुखदिने कार्य निदनिय भएको बताए ।

उता जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रबक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले व्यापारी संग खसी मागेको र भन्सार कागजात च्यातेको लिखित जाहरी आएपछि नियन्त्रणमा लिएको जानकारी लिए । युवा संगठन नेपाल नेपाल कम्न्युष्ट पार्टी नेत्र बिक्रम चन्द (बिप्लप) माओवादि निकट युवा संगठन हाे ।