गृहपृष्ठ कपुरी विशेष विभिन्न पार्टी परित्याग गरि ३ सय ४० जना नेकपा (एमाले) मा प्रवेश

विभिन्न पार्टी परित्याग गरि ३ सय ४० जना नेकपा (एमाले) मा प्रवेश

प्रकाशित मिति:

दिपक खड्का ।

विजयनगर  । विजयनगर गाँउपालिका वडा न ७ गणेशपुरमा आयोजित कार्यक्रममा ३ सय ४० जनाले अरु पार्टी परित्याग गरि  नेकपा (एमाले) मा प्रवेश गरेका छन् । भेलामा विजयनगर गाँउपालिका वडा न ७ को विभिन्न गाँउ वाट नेकपा एमाले पार्टी प्रवेश गर्नेको लहर सुरु भएको जसपका राम विलास कुर्मीले बताए ।

वडा न ७ मा विभिन्न पार्टी परित्याग गरि सबै भन्दा बढी सदस्यहरुले नेकपा एमालेमा आएको विजयनगर गाँउपालिका वडा ७ का वडा कमिटि अध्यक्ष मुजिवुर रहिमनले बताए ।

विजयनगर गाँउपालिकको विकासमा गाँउपालिका अध्यक्ष गोपाल थापाले गरेको प्रगति  र नेकपा एमालेहरु विजय भएको स्थानमा अरु भन्दा धेरै विकास निर्माण संगै शैक्षिक विकास भएको नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए ।

कपिवस्तुको विजयनगर गाँउपालिक वडा न ७ वडास्तरिय भेला कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा कपिलवस्तु  क्षेत्र न ३ क का लुम्बिनी प्रदेश अर्जुन कुमार के.सी ले (एमाले) प्रति नागरिकहरुको आस्था र विश्वास बढदै गएको बताए ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विजयनगर गाँउपालिका अध्यक्ष गोपाल थापाले १० जना पार्टी सदस्य भएको वडा न ७ गणेशपुरमा अरु पार्टी त्याग गरि एमालेमा प्रवेश गर्नु ठुलो उपल्बधी भएको बताए ।

कार्यक्रमा वडा न ७ का वडा अध्यक्ष दिनेश चौधरीले गरिब र सर्वहारा वर्गको पक्षमा बकालत र पैरवी गरेको र सधै गरिबहरुको पक्षमा रहने बताए ।

नेकपा एमालेका जिल्ला कमिटी सदस्य राम प्रधट कोरीको संचालन विजयनगर गाँउपालिका वडा न ७ वडा कमिटिका अध्यक्ष मुजिवुर रहिमनको अध्यक्षता र स्वागत मन्तव्य कैलाश भारतीले गरेका थिए ।