गृहपृष्ठ मनोरञ्जन महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई तिरस्कार गर्दै बुद्धभुमि नगरपालिकामा दर खाए

महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई तिरस्कार गर्दै बुद्धभुमि नगरपालिकामा दर खाए

प्रकाशित मिति:

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्यकर्मी लाई तिरस्कार गर्दै दर खाने कार्यक्रम सम्पन्न भएको छ । पालिकामा कार्यरत निजामती कर्मचारीले दर खाए पनि स्वास्थ्य संस्थामा काम गर्ने महिला कर्मचारीलाई निम्तो दिइएको थिएन । ज्यानको जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीलाई अपमान गर्दै कार्यक्रम गरिए पछि उनीहरूमा निराशा छाएको छ ।

दर खाने कार्यक्रममा नगरप्रमुख केशव कुमार श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल , वडा नं १ अध्यक्ष तेज बहादुर बस्नेत सहभागी भएका थिए । हामी पनि निजामती कर्मचारी थियौ तर निम्तो दिनु भएन । पैसा मात्र ठुलो कुरा नभई इज्जत पनि ठुलो कुरा हो । पालिकाले त्यो देखाएन नाम नखुलाउने सर्तमा एक स्वास्थ्यकर्मीले बताउनु भयो । स्वास्थ्य कर्मी निराश भए पछि पालिका भित्र खलबल मच्चिएको थियो । यता प्रशासकीय अधिकृतले उनीहरू सम्मान गर्नुको साटो सङ्कीर्णताले सङ्कुचन ल्याउँछ यती चाहिँ हेक्का होस भनी उल्टै फेसबुकमा स्ट्याटस लेखेका छन् ।