गृहपृष्ठ flash महाराजगंजमा किशोरी माथी यौन दुव्यव्हार, नगरप्रमुख कलामले चासो नदिएको पिडित परिवारको भनाई ।

महाराजगंजमा किशोरी माथी यौन दुव्यव्हार, नगरप्रमुख कलामले चासो नदिएको पिडित परिवारको भनाई ।

प्रकाशित मिति:

कपिलवस्तु असार २८

कपिलवस्तुको महाराजगंज नगरपालिकाका पशु शाखाका प्रमुख अशोक पाण्डेय माथी यौन दुव्र्यव्हार गरेको आरोप लागेको छ । नगरपालिकाको शाखामा ओ जे टि गर्न आएकी एक  किशोरी माथी पाण्डेयले शुक्रवार करणीको प्रयास गरेको बताएकी छिन् । पाण्डेले अफिसका कर्मचारीलाई भ्याक्सीन लगाउन पठाएर एक्लै भएको बेला विद्युत नभएको बेला मोवाइल चार्ज गर्न लगाएका थिए । ‘तिमी आएको चार महिना भयो । तिमी आए देखी कहिले मौका मिल्छ भनेर कुरेर बसेको भन्दै हात समाए । जवरजस्ती हात समाए पछि मैले हात छुटाउन खोज्दा कम्मरमा समाएको थियो ।’ पिडित किशोरीले बताइन ।

घटनाको विषयमा लिएर पिडितका परिवारले महाराजगन्ज नगरपालिकाका नगरप्रमुख संग न्यायको लागि कुरा गरे पनी चासो नदिएको पिडित किशोरीको बुवाले बताउनु भयो । नगरपालिकाबाट पहल नभए पछि प्रहरी समक्ष मुद्धा दर्ता गराउने तयारी रहेको पिडित पक्षले जनाएको छ । पालिकामा छलफल हुँदा प्रहरी भए पनी घटनाको विषयमा इलाका प्रहरी कार्यालय चन्द्रौटालाई कुनै जानकारी नभएको बताइएको छ । यता पालिकाले भने केस अल्झाएर घटना बंगाउन खोजेको स्थानीयको आरोप रहेको छ । पिडित बालिकाले घटना प्रति पाण्डेले गल्ती भएको क्षमा याचना गर्नु पर्ने माग भए पनी नगर प्रमुखले आफुले माफि मगाउन नसक्ने बताएको छलफलमा सहभागि एक जनाले बताए ।