चन्द्रौटा । कोभिडको जोखिम कायम रहिरहदा माक्स प्रयोग गर्नेहरुको संख्या भने घटदै गएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत कामना सेवा विकास बैंकको शाखाले  वडा प्रहरी कार्यालय चन्द्रौटाको  सहयोगमा सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।
पैदलयात्रु , सवारी चालक , सवारीमा सवार यात्रु लगाएतलाई माक्स प्रयोग गर्न सचेत गराउन चन्द्रौटा  ट्राफिक प्रहरी बिट  कामना सेवा विकास बैंक चन्द्रौटा शाखाले संयुक्तरुपमा मास्क वितरण गरिएको चन्द्रौटा शाखाका प्रमुख अनिस लुईटेलले बताए ।  कार्यक्रममा माक्स नलगाएकालाई कोभिडको जोखिम रहेकाले अनिवार्य माक्स प्रयोग गर्न सचेत गराईएको वडा प्रहरी कार्यालयका चन्द्रौटाका प्रमुख शंकर  प्रसाद आचार्यले बताए ।

कोभिड १९ को जोखिम रहिरहेकाले भिडभाडमा जादा ,सार्वजनिक स्थानहरुमा जाँदा कोभिडबाट जोगिन अनिवार्य माक्स लगाउन आवश्यक रहेकाले सचेत गराईएको र माक्स  तथा गल्पस  बितरण गरिएको प्रमुख आचार्यले बताए ।

बैंकको सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै माक्स तथा गल्पस वितरण तथा सचेतना मुलक कार्यक्रममा आफुहरुले सहकार्य गरेको कामना सेवा विकास बैंक चन्द्रौटा शाखाका प्रमुख लुईटेलले बताए ।