Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

रासायनिक मल कारखाना खोल्ने सरकारी निर्णयको विरोध ।


रासायनिक मल कारखाना खोल्ने सरकारी निर्णयको विरोध ।

सरकारले देशमा रासायनिक मल कारखाना खोल्ने निर्णय गरेसँगै त्यसको विरोध शुरु भएको छ । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले रासायनिक मल काराखाना खोल्ने विषयमा अध्ययन गर्नका लागि कार्यदल गठन गरेको थियो । रासायनिक मल प्रयोगलाई कम गर्नुको सट्टा सरकारले त्यसमा थप लगानी गर्न खोजेको भन्दै विरोध भएको हो ।

खाद्यका लागि कृषि अभियानले बिहीवार पत्रकार सम्मेलन गरी निर्णयप्रति आपत्ति जनाएको छ । अभियानका संयोजक उद्धव अधिकारीले नेपाल अवस्था हेर्दा रासायनिक मल कारखाना सम्भव नरहेको दावी गरे ।

रासायनमा आधारित कृषिमा लागेका देशहरुले पनि रासायनिक कारखाना बन्द गरिरहेको बेला नेपालले रासायनिक मलको कारखाना खोल्नु उचित नरहेको उनले बताए ।

अर्गानिक कृषिमा सरकारले जोड दिएको पनि देखिन्छ । नीति तथा कार्यक्रमदेखि लिएर बजेटमा पनि ती कुराहरु समावेश गरिएको छ । सरकारलाई नेतृत्व गरेको दलहरुले पनि अर्गानिक कृषिमा जोड दिएको देखिन्छ तर अहिले अर्गानिक कृषि भन्दा पनि रसायनिक मलमा जोड दिएको भन्दै अभियानका संयोजक अधिकारीले देशको माटो र वातावरण जोगाउनका लागि भएपनि देशमा कारखाना खोल्न दिन नहुने बताए ।

कृषि अभियनता डा.कृष्ण पौडेलले रासायनिक मलमा विषाक्त रसायनहरु हुने र यसले बालीमा मात्र होइन, मानवको स्वास्थ्यलाई पनि असर पारेको दावी गरे । कृत्रिम मलहरु जुन किसिमले बनाउने गरिएको त्यसले मानव जीवन प्रकृयालाई असर पार्ने निश्चित रहेको बताउँदै उनले रासायिनक मल उत्पादनको प्रकृयालाई सुधार गर्नुपर्ने बताए ।

नेपालमा कारखाना खोल्ने कुराको विषयमा यसअघिका कृषि सचिवले दिएको प्रतिवेदनले देशमा आवश्यक अध्ययन गरेर मात्र खोल्नुपर्ने भनिएको थियो तर अहिले मन्त्रीपरिषद्ले अर्कैखालको निर्णय गरेको उनले बताए ।

पत्रकार चन्द्रकिशोरले तराई मधेशमा अर्गानिक मल बनाएर खेतमा प्रयोग गर्ने गरिएको भएपनि अहिले त्यो हराउँदै गइरहेको बताए ।

सरकारले मलमा आत्मनिर्भर हुने भनि कारखाना स्थापना गर्ने कुरा गरेको तर कस्तो कारखाना खोल्ने, कस्तो मल उत्पादन गर्ने, वातावरणीय प्रभाव के हुने भन्नेजस्ता  विषयमा ध्यान दिनुपर्ने उनले बताए ।

रासायनिक मलको कारखाना खोल्ने जस्तो सवेदनशील कुरामा आवश्यक अध्ययन जरुरी रहेको अभियानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline