No Result
View All Result
चन्द्रौटा – शिवराज नगरपालिका अन्तरगत संचालित माध्यमिक बिद्यालयहरु विच अन्तराष्ट्रिय साक्षरता दिवस, २०७७ को अवसरमा “कोभिड-१९ न्यूनिकरणमा बिद्यार्थीको भूमिका” विषयक नगर स्तरीय अनलाईन बक्तृत्वकलाको आयोजना गरिएको प्रतियोगितामा प्रथम भएका निशा गिरीलाई नगर प्रमुखले बधाई दिएका छन । बधाई दिदै नगर प्रमुखले गिरीलाई थप सफलताको शुभकामना दिएको गिरीले बताईन् ।
नगर भित्र रहेका प्रत्येक माध्यमिक बिद्यालयका कक्षा ९-१२ मा अध्ययनरत १ जना बिद्यार्थी प्रतियोगितामा सहभागीता जनाएको शिक्षा प्रमुख लोकराज पन्थीले बताए । कोभिड-१९ न्युनिकरणमा बिद्यार्थीको भुमिका विषयमा बक्तृत्वकला प्रतियोगितामा ९ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा दुर्गा भगवती मा. वि नयाँवस्ती, राष्टिय मा.वि चन्द्रौटा, बाल शिक्षा मा.वि. हल्लानगर, समयथान मा.वि, प्रकाश मा.वि, शिवगढी इङ्गलिस, सरस्वती मा.वि, जनचेतना मा वि लक्ष्मणपुर र नेपाल आदर्श मा.वि. शिवपुरका बिद्यार्थीहरुको सहभागीता रहेको शाखा अधिकृत पुर्ण बहादुर विश्वकर्माले बताए । सबै प्रतिस्पर्धीलाई पछाडी पार्दै गिरी प्रथम स्थान हात पार्न सफल भईन् ।
No Result
View All Result