कपिलवस्तु, राम शरन रैदास
दलितको परिभाषा
“हिन्दू वर्णाश्रम जाति व्यवस्था, वि.सं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नु पर्ने जातजाति भनी जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा धार्मिक रुपमा राज्यको मूलप्रवाह बाट पछाडि पारिएका जातजातिका समुदायलाई दलित वर्ग भन्ने गरिएको छ ।”
दलित को हो ?
हिन्दु वर्ण ब्यवस्था मनुस्मति÷मनुवाद अनुसार विभाजित ४ बर्ण ब्राम्हण, क्षेत्री, बैश्य र शुद्र वर्ण मध्ये शुद्रलाई चौथौ तहको तल्लो जाति भनिएको हो । यो दलित एउटा शब्द हो जून कि समुदायमा रहेका सामान्य समुदाय बाट पानी नचल्ने जात, उत्पीडित, शोषित, अछुत, शुद्ध, बहुजन तथा एकै नासका विभेदमा पारिएका जातिहरुलाई प्रतिनिधित्व गर्ने गरि दलित समुदायको नाम दिएको हो ।
दलित शब्द किन र कसरी ? भारतमा सन् १८३१ म एक शब्दकोषमा पहिलो पटक दलित शब्द प्रयोग भएको इतिहास छ भने भारतीय संविधान दाता, सिम्बल अफ नलेज, डा.भीम राव अम्बेडकारले आफनो भाषणमा दलित शब्द प्रयोग गर्ने गर्थे । त्यस पछि दलित शब्द ब्यापक भएको मानिन्छ ।
संसार भरीका दलित समुदाय यस शब्दलाई आफनो दिगो मुक्ति एवं अधिकारवादी आन्दोलन र बलिदानी द्धारा स्थापित प्रिय उपलब्धी मान्दै त्यसमा गौरव ठान्छन । दलित उत्पीडित, छुवाछुत र विभेदमा पारिएका समुदायको पहिचान पहिचान बनिसकेको छ । दलित शब्द शक्तिको प्रतिक हो । अनेकता दलितमा एकताको शब्द दलित हो । यो प्रख्यातको पहिचान मिटाउने काम कसैले नगरौ । दलित एकता जिन्दावाद ।
दलित समुदाय लेख्ने भारतमा शुरु भएको धेरै दिन पछि नेपालमा लगभग २४, २५ बर्ष देखि शुरुवात भएको हो । यो नेपालमा २०५८ साल देखि प्रभावकारी रुपमा शुरुवात भएको पाईन्छ । सोही नामको आधारमा राष्ट्रिय दलित आयोग पनि गठन भएको छ ।
दलित भन्नु भन्दा पहिला के भन्थे दलितलाई
उक्त समुदायलाई दलित समुदाय भन्दा पहिला यी जातिका ब्यक्ति र समुदायलाई शुद्र, अछुत, दलिद्र्र, उत्पीडित, उप्रेक्षित, नीच, निसचार, असुर, चण्डल, शनि, सामाजिक बहिष्कृत ब्यक्ति र समुदाय भन्ने गरिन थियो । यी सवैको असम्मानित शब्दको स्थानमा प्रतिनिधित्व गर्ने गरी सम्मानित शब्द दलित समुदाय भनिएको हो र दलित शब्दको अर्थ धेरै जना धेरै प्रकार भनेका तालिम गोष्ठीमा सुनिएको पाइन्छ ।
जस्तै द बाट दक्षता, सक्षम, आर्थिक संकलन गर्न नदिएको, सवलीकारण हुन नदिएको, लि बाट लिन नदिएको कुनै पनि चिज (शिक्षा, ज्ञान, सोना आदि) र कर्जा लिएमा पछि ३ को १३ गराई हाल्ने, दास वा बधुवा मजदुर बनाई हाल्ने गैर दलितहरुले तथा तथा दलितहरु एक ठाउँमा नटिक्ने वा लिप्त हुने र द बाट दमनमा पारिने, दक्षिण तिर मात्र बस्न दिने वा बस्न पाउने संरचना, दान दक्षिणा लिन नपाउने, दबेर बस्ने, टाउँ उठाएर हिडन नपाउने, दास बन्नु पर्ने, हिडदा खुटटाको पैतला जमीनमा बन्न नहोस कम्मरमा झाडु बाध्ने र थुक्न नमिल्ने घाटीमा घैटो बाधनु पर्ने, महिलाले माथी अंगमा कपडा लगाउन नपाउने इतिहासमा रहेको पाइन्छ ।
यो अवस्थाका ब्यक्ति र समुदायलाई दलित भन्ने बुझिन्छ । र अर्को भनाईमा द बाट दक्ष नभएको, लि बाट लिना नसकेको, त बाट तत्पर नभएको र अर्को अर्थ पनि लेखेको पाइन्छ द बाट दक्षता, सक्षम भएको, लि बाट लिन तयार भएको र त बाट तत्पर रहेको देखिन्छ । तर जस्तो भए पनि वर्ण ब्यवस्था अनुसार शैक्षिक, आर्थिक र सामाजिक अधिकार केही नै नभएकोले विपन्न हुन गएका छन । र यही सन्दर्भमा मेरो भनाई छ कि संसारमा जति कला छ सवै कलाका धनी दलित समुदाय मात्र हुन । दलित समुदाय मात्र यस्तो समुदाय हो जून कि सवै कलाका धनी, सीपवन रहेका छन ।
यो समुदाय कसरी अछुत र विभेदमा परे जो संग परिश्राम गर्न क्षमता छ, कृषि तथा घरेलु औजार देखि सिंगार र पोशाकका सामाग्री समेत विगत देखि नै कार्य गर्दै आईरहेको अवस्था सवैलाई थाहा नै छ । हिन्दी भनाई हम शुद्र नही बनाए गए है हम दबे नही दवाए गए है । दलित समुदाय आर्थिक भन्दा धार्मिक, सामाजिक हिसावले पछाडी पारिएको हो । जाति पहिचानको लागी हो विभेदको लागी होइन ।
केहीको भनाई दलित शब्द हटाउनु पर्ने
केही राजनीतिक दलका ब्यक्तिहरु र दलित तथा गैर दलित समुदायका केही ब्यक्तिहरु समेत भनी रहेका कि दलित शब्द हटाउनु पर्दछ । यो विभेदकारी शब्द हो । दलित लेखेको कारणले विभेदमा पारेका छौ । के यो हटाएर शिल्पी लेख्ने जून कि समाजमा पहिले देखि पत्थरकटटा समुदायले शिल्पी लेखी रहेका छन । जसको अवस्था दलित भन्दा दैनिय रहेको लोपोउनमुख समुदायमा पारेको नेपाल सरकारको सुचीमा रहेको छ ।
के प्रमाण छ त कि दलित शब्दको ठाउँमा शिल्पी वा अन्य लेखे पछि सम्मान पाईन्छ । कामी, दामाई, गन्र्धव, चमार पासी, धोवी आदि जातिको ठाउँमा कुनै अर्को जाति लेखेमा सम्मान पाईदैन र बहुज्ञानी, मानव जातीलाई चाहिने आवश्यक सीपका धनी, मनोरञ्जत्मक कलाका धनी हिमती, जुन सुकै अवस्था र परिस्थतिमा काम गर्न सकिने क्षमतावान समुदाय दलित हो ।
दलित शब्द आफैमा महान र सम्मानित छ । अन्य समुदाय वा ब्यक्तिले दलित शब्द बाट दःुख दिएको वा विभेद गरेको हो त, होइन । उनीहरुलाई थाहा छ कि शुद्रहरु नै दलित हुन । अब दलित बाट अर्को शब्द राख्दा थाहा हुदैन कि कुन जाति बाट आएका हुन सवैलाई थाहा हुन्छ ।
त्यसकारण दलित शब्द नै राख्दा राम्रो हुन्छ यो शब्दको अर्को शब्द पनि नखोज्नका लागी सवैमा अनुरोध छु । उनीहरुको मनुवादी विचार तथा सोचले दुःख दिएको हो । दलित शब्दमै सम्मान चाहिन्छ । दास, बनुवा मजदुर बनाउन नपाएको, दलितहरु शिक्षित हुन लागेको, अन्धविश्वास र पाखण्डवाद, कुकल्पित कहानी प्रति विश्वास गर्न छोडेको, गुलामीको महसुस गरी बाबुवाद छोडेको, दलितहरुलाई अगाडी जान देख्न नसकेको, राज्य सत्तामा छिर्न शुरु भएको, कथित उच्च जाति बराबार बस्न उठान देख्न नसकिएर हो ।
दलित शब्द परिर्वतन भन्दा अन्धविश्वास, पाखण्डवाद, बाबुवाद, आफुलाई मात्र ठुला जाति र ब्यक्ति सम्झने, मनुवादबाट ग्रसित विचार र सोच परिवर्तन गर्नु पर्दछ । जुन कि दलितको हातमा कम कथित उच्च समुदाय र राज्य सत्तामा केन्द्रित छ । या सत्ता संरचनाको साथमा ब्यवस्था र समुदाय परिवर्तन हुनु पर्ने हुन्छ । २१औ शताब्दीमा धेरै संघर्ष र क्षमताको आधारमा स्थान पाएको र देश विकासका लागी जब सम्म दलितहरुले अगाडी जादैेन्न तब सम्म देशको विकास सम्भाव छैन । विना श्रम, मेहनत बाट फाइदा लिने ब्यक्ति र समुदायले वर्णवस्थामा आधारित रहेकोले दुःख दिई रहेका छन । दलित शब्द परिवर्तन गरेर विभेदको अन्तय हुदैन । गैर दलितहरुले आफनो विचार सोच परिवर्तन गर्नु पर्छ । मानवलाई जाति वर्णको आधारमा विभाजन गर्ने ग्रन्थहरुलाई मानवता कायम गर्ने संसोधन गरी प्रकाशन गर्नु पर्ने हुन्छ ।
पुर्न जन्म र अगामी जन्मको अन्धविश्वास कुकल्पित विचार छोडेर वैज्ञानिक सोचमा आधारीत हुनु पर्दछ । दलितहरुले आफनो पहिचान र सम्मान सहितको जीवनयापन गर्न चाहन्छन । दलित शब्द एकै पटक नीतिगत परिवर्तन गरियो भन्ने कुनै न कुनै जातिको नाम दिनु पर्ने हुन्छ सो पछि उक्तजात सरकारी जात हुन जान्छ जून कि दलित वा शुद्र नीच भन्ने नै बुझिन्छ । बुद्धिजीवी दलित समुदायका ब्यक्तिहरु दलित शब्दमा नै सम्मान चाहन छन । यो दलित शब्द सम्मानित छ । यसमा केही राजनीतिक दलहरुले पनि दलितलाई पुनः टुक्राउन चाहिरहेका छन र केही दलित समुदायका पाटी द्धारा ग्रसित ब्यक्तिहरु र दलितको नाममा आरक्षण लिई हुने खाने भएका ब्यक्तिले यो शब्द हटाउन चाहन्छन ।
आफनो पाटीको नाममा दलितलाई गुलाम बनाउनका निम्ति कि मेरो पाटीले दलित शब्द हटाइदियो या हटाउनमा धेरै सहयोग गरियो मेरो पाटीमा आउनुस भन्ने बाटो पाउछन दलित शब्द परिवर्तन गरेर पनि विभेद अन्त्य हुदैन । दलित माथी शासन गर्न सत्ताको लागी शासन गर्नका निम्ति यो नयाँ सोच ल्याएका छन । दलित समुदायको विभेद नै हटाउने हो भने अरु उपायहरु पनि हुन सक्छन ।
देश भरीमा कुनै पनि जातिको ब्यक्तिको नाम पछाडी जाति, थर नलेख्ने चल्न र संरचना बनाउनु पर्छ । जन्मदर्ता, विवाहदर्ता, नागरिकता र राष्ट्रिय परिचयपत्र तथा पासपोर्टमा जाति थर नराख्ने । यसको साथमा आफनो पहिचानका लागी र अन्य सहयोगको लागी जाति प्रमाणित गर्ने ब्यवस्था हुनु पर्छ । जून कि हलमा पनि जाति, मधेशी आदि प्रमाणित गर्ने ब्यवस्था छ । तर दोहोरो ब्यवस्थालाई हटाउनु पर्ने हुन्छ । मुख्य यी कागजातमा जाति थर हुनु भएन भन्ने जाति विभेद कम हुन्छ । र देश भरीमा एकै पटक सवैको एकै जात लेख्ने ब्यवस्था भयो भने विभेद कम हुन्छ त जाति विभेद सम्बन्धि रहेका ऐन कानून प्रभावकारी र कार्यान्वयनका लागी उक्त समुदायको नेतृत्वमा जिल्ला स्तरिय समस्या अनुसंन्धान तथा सजाय दण्डको सिफारिस गर्ने संयन्त्र भयो भर्ने विभेद अन्त्य हुन्छ ।
उक्त साथै गैर दलितहरुले केही मात्रमा दलित समुदायले पाएको आरक्षण बाट पनि जल्न भएको समुदायका ब्यक्तिले रिस पोखेको सुनिन्छ । नेपाल देशमा धेरै नै परिवर्तन भए पनि दलित समुदायको लागी खासै परिवर्तन हुन सकेको छैन । आर्थिक स्तरमा केही सुधार भए पनि जातिय विभेद हटेको छैन स्वरुप मात्र फरक भएको देखिन्छ । देश राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतन्त्रीक गणतन्त्र तथा धर्मनिपेक्ष भए त पनि दलित समुदायले अझै पनि सुरक्षा र सम्मानको अनुभूती गर्न सकिएका छैन्न । देशको संरचना, सत्ता, शासन र अवस्था परिवर्तन भए पनि ब्यवस्था १ प्रतिशत पनि परिवर्तन भएको छैन । दलितहरुलाई सुरक्षा तथा सम्मानका निम्ति वातावरण बनाउनु पर्ने प्रमुखभुमिका सरकारले खेल्नु पर्ने हुन्छ ।
जस्तै अब प्रधानमन्त्री, गृहमन्त्री, सभामुख र राष्ट्रपति कहिले बन्ने सुनिश्चित हुनु पर्ने । शासन, सत्ता, पद भन्दा माथि जाति विभेद जान्न सक्दैन उक्त पदमा दलित समुदायका ब्यक्तिहरुलाई ल्याउनु पर्ने हुन्छ ।
अलिकत दलितमा विकास हुन शुरु भयो कि राज्यले नै दलित समुदाय प्रति नितिगत भ्रष्टाचार शुरु गरिएको देखिन्छ । मधेशी दलितको नाम गैर मधेशी दलित बिन, पटवा, शहनी, मल्लाहलाई एमबीबीएस पढानका लागी सिफारिस, दलितको नाममा छुटियाएको केही प्रतिशत रकम संघीयता भन्दा पहिला थियो सो पनि हट्इयो, त्यति मात्र कहाँ होत १० बर्ष जनयुद्धमा माओवादी संस्कृत पढाई पहिला रोक लगाए र भने कि संस्कृत भाषाले के ज्ञान र विज्ञानको कुरा सिकाउछ यो पढाउन रोकाइयो ।
अब पुनः संस्कृत बाट ८ कक्षा सम्म बढाउनु पर्ने किन आवश्यक छ कुनै जाति विशेषको भाषा सवै माथी किन लागु पर्ने यस बाट अधिकाँश उच्चजाति बाहुन मात्र रोजगार पाउछन, हिन्दुत्व प्रति आस्था बढ्ने र विभेद कायम हुन्छ । ठुलो सानो जातिको खाडल बन्न सकिने र दलित समुदाय माथी नितिगत दमन भष्ट्राचार भई रहेको बुझाउनु पर्छ ।
फरक भाषा शुरु गर्ने नै हो भन्ने गौतमबुद्ध जन्मेको देशका नागरिकलाई पाली भाषा पढन दिनुस या यस्ता भाषा जून कि अन्तरराष्ट्रिय भाषा होस जसबाट ज्ञान विज्ञानको सीप मिलोस । विभेद र जाति विभेद हटाउनका लागी अझै प्रमुख उपायहरु छन देशमा जनसंख्याको आधारमा जग्गा जमीन विभाजन, राज्यको सवै निकायमा जनसंख्याको आधारमा समानुपातिक ब्यवस्था, राज्यको आर्थिक तथा प्राकृति स्रोतमा पहुँचको जनसंख्याको आधारमा समानुपतिक सुनिश्चिता, पालिका तहमा विना पाटी वा स्वतन्त्र निर्वाचनको ब्यवस्था, भएमा यो देशलाई नयाँ तरिका बाट शुरु गरियोस भन्ने आरक्षण नदिदा पनि मेरो विचारमा सकारात्मक परिवर्तन हुन्छ ।
यी विभेदहरुको अन्त्य न हुदै आरक्षण हटाउन प्रयास गरिएमा दलित समुदायले चपु लागेर बस्ने छैन्न ।
दलित दलित बीच रहेको विभेद पहिला अन्त्य गर्नु पर्ने गैर दलितको भनाई ः दलित दलित बीच रहेको विभेद पहिला अन्त्य गर्नु पर्ने त्यस पछि गैर दलित संग विभेदको कुरा गर्ने भन्ने केही चर्तुयवर्ण, मनुवादीहरुको भनाई रहेको सुनिन्छ यो भनेको बैल गाडाको अगाडी काठ हल्नु हो नत काठ हाटछ न बैल गाडा अगाडी जान्छ । मनुवादी विचार सोच रहेका मानिसहरुले यस्ता कुरा गर्दछन । यसका जिम्मेवार पनि उच्च कथित जाति नै छन । दलित दलित बीच रहेको विभेद जातिय हिंसक छैन सामाजिक कार्यका अवरोध मनेका छैन्न विवाहको सन्दर्भमा मात्र यो फरक देखिन्छ । दलितहरुले अन्तरजातिय विवाह गर्न पाउने कुनै एक जातिको माँग तथा ब्यवहार होइन । यो सवै जातिमा कानूनी हिसावले उमेर पुगेका सवै जातिका ब्यक्तिहरुले आफनो मनपसंन्द सक्षम जीवन साथी रोजी विवाह गर्न चाहन्छन र गरिरहेका छन ।
जुन कि शिक्षित समक्ष ब्यक्तिहरुको लागी सम्मान पनि हो । संसारमा सवैले यही नै राम्रो हो र मनावताले पनि हुनु पर्छ । जुन सच्च पनि हो । जातिय विभेद विरुद्ध धेरै राष्ट्रिय र अन्तरराष्ट्रिय कानून रहे त पनि कार्यान्वयन गर्ने प्रकृया र सो स्थानमा दलितको सहभागिता न्यून वा नरहेकोले जातिय विभेद भई रहेको राज्य अझै जातिय विभेद प्रति संवेदनशील हुनु पर्ने देखिन्छ ।
देशमा रहेको कानून विपरित कार्य भएमा राज्यले जिम्मेवारी लिनु दायरा अझै बढाउनु पर्ने देखिन्छ । हाल सम्म भएको कानून दलित, गरिब माथी लागु गर्नको लागी रहेछ दलित र गरिब प्रति न्याय पाउँनका लागी अनुभुति भएको छैन ।
लेखक दलित सामाजिक विकाश केन्द्रका अध्यक्ष हुन